न्यूयोर्कको नेपाल
feather icon प्रकाशन मिती: २०७७ साउन २४ गते

छन्द :- उपजाति
 
‘नेपाल’ हामी सबको मुहान
‘हामी’ महासागर तुल्य ठान
बाजा सयौँ छन् ,सुर-ताल एक
फैलाउँदै छौँ पसिना विवेक ।
(१)
न्यूयोर्क लौ मग्मग मग्मगायो
नेपाल नौलो कसरी उदायो?
अनेक भाषा र अनेक जाति
नेपालकै हुन् सब भाइ - साथी ।
(२)
नेवार कोही, मगराँत कोही
तामाड॰, सेर्पा, खस, थारु कोही
राई ,किराँती सब नै प्रजाति
चुत्थो कहाँ छौँ ? सुनको छ छाती !
(३)
गुम्बा र गिर्जाघर हाइ -हाई
अल्ला , इशा , शंकर भाइ-भाइ
एकै थलोका सब भात-भान्छे
हामी सबै यै युगका सुमान्छे ।
(४)
दौरा छ हाम्रो, सुरबाल हाम्रो
गुन्यू र चोली पनि लाग्छ राम्रो
ट्याम्को ,सनाई , करनाल हाम्रै
हाले सुसेली पनि लाग्छ राम्रै !
(५)
यहाँ त हाम्रो श्रम हो महान
कामै नगर्दा रहँदैन प्राण
ढल्क्यो यतै नै सबको ज़बानी
उस्तै कहाँ हो पसिना र पानी ?
(६)
सन्तान के हो ? पहिचान के हो ?
पुर्खा- पिताको अभिमान के हो ?
बाँचेर हामी गरिमा बचाऔँ
नेपालको नै महिमा बचाऔँ ।
(७)

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016