हुन त नमागी दिएको सल्लाह काम लाग्दैन भन्छन
feather icon प्रकाशन मिती: २०७७ मंसिर १७ गते

सबैमा जयसंगत।
 
हुन त नमागी दिएको सल्लाह काम लाग्दैन भन्छन तर केही आफ्ना मान्छेहरुलाई समयमै सल्लाह दिनु ठिकै सम्झेर लेख्दैछु बाँकि त आफ्नो खुसी छँदैछ।
 
१-कसैले सुनाएको कुरा सुनेर धारणा नबनाउनु किन कि उस्ले पनि आफ्नो स्वार्थ अनुसार कुरा गर्ने हो।अर्को कुरा जो मान्छे तपाई सँग आएर सबैको कुरा काट्छ भने अर्को ठाऊँमा तपाईको पनि कुरा काटेको हुन सक्छ।
२-प्रत्यक मान्छे सँग फरक फरक स्वाभाव हुने भएकोले तपाईलाई कुरा सुनाउने सँग नमिलेका मान्छे तपाईको झन नजिक हुन सक्छन।एउटा सँग नमिल्ने वित्तिकै सबै सँग नमिल्ने खराब मान्छे भन्ने सोच्नु आफ्नो पाप बढाउनु मात्र हो।
३-कसैले तपाई सँग आएर हो मा हो मिलाएकोमा मख्ख नपर्नु किनकी त्यो त उस्को स्वाभाव हो जस्को कारण फस्ने तपाई मात्र हो। केही नराम्रो लाग्यो भने राम्रो यस्तो हुन्छ भनेर देखाउन सक्नु पर्छ।आँफुले कसैलाई जोड्न वा समेट्न नसक्नु अरुमा दोष मात्र देख्नु हो वा अझ अध्यात्मलाई बुझ्न बाँकि छ भन्ने बुझ्नु पर्छ।
४-कसैलाई जित्नु छ भने कामले जित्नु पर्छ।कुराले जितेर त केही हुने वाला छैन किन की एक दिन मुल्यांकन कामको मात्र हुने वाला छ।
५-२/४पैसा कमाई हुन थालो भनेर आफ्ना नजिकका सँग जे पायो तेही नबोल्नु किन कि तपाई भन्दा बढी पैसा भएका यो संसार थिए,छन र रहन्छन वा अरु सँग तपाईको भन्दा बढी हुन पनि सक्छ।
६-मन नपरेको मान्छे सँग संगत गर्नु।उस्लाई उस्को गल्ति अनुभुति हुने गरी सम्झाउनु। त्यो बेला सम्म नछोड्नु जब सम्म तपाईले सोचे जस्तो हुँदैन।तर जब उ नै नजिक आउदैन भने मतलव नगर्नु विर्सिनु तर उसैको कुरा गरेर बसी नरहनु।
७-साधना गर्दा कैले काही म चै विषेश हुँ जस्तो लाग्छ तर याद गर्नु हामी भन्दा गतिला साधक सिद्ध भएर बसेका धेरै छन।जसलाई हामी ले चिन्दैनौ उनीहरु चिनिन चाहँदैनन जस्को कारण उनीहरुलाई नै थाहा छ।
८-जुन संगठनमा हुनु हुन्छ त्यो संगठनको मान बढाउनु नत्र संगठनको अपमान सँगै तपाई पनि बदनाम भै रहनु भएको छ किन कि तपाई लाई पनि अरुले त्यही संगठनको भनेर चिन्छन।जस्को मान नबढ्नु मा तपाईको पनि केही न केही हात छ र त सोचे जस्तो संगठन बनाउन सक्नु भएको छैन वा बन्दैन।
९-यो संसारमा आँफुले आँफुलाई राम्रो भन्ने सबै छन।तर राम्रो के हो र कस्तो हुन्छ भन्ने सबैको खोजीको विषय पनि छ।तसर्थ आफ्नो यो जन्ममा के हैसियत छ र रहन्छ सँधै ख्याल गर्नु किन कि हाम्रो यो शरीर केही वर्ष अगाडी यो धर्तिमा थिएन र केही वर्ष पछि हुने पनि छैन।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016