सोच
feather icon प्रकाशन मिती: २०७७ मंसिर १७ गते

सोच सारै मन पर्ने शब्द भएको छ मलाई किन कि आज सम्म सोच शब्द छुट्याएर कुनै लेख मैले लेखेको छैन । साँच्चै भन्ने हो भने मैले आफ्नो जीवनलाई हेर्ने चश्मा नै सोच शब्द लाई बनाएको छु। किन कि आचार्य चाणक्यका अनुसार ‘जस्तो सोच त्यस्तै विचार, जस्तो विचार त्यस्तै बोली, जस्तो बोली त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै चरित्र, “जस्तो चरित्र त्यस्तै आदत, जस्तो आदत, त्यस्तै भाग्य” भन्ने बुझिन्छ । तसर्थ मेरो सोचले नै मेरो कर्म लाई निर्देशित गर्छ र म त्यै सोच अनुसार अगाडि बढिरहेको छु र बढिरहने छु । यस्तै सोचहरु सोच्ने क्रममा केही महिना देखि अलि अनौठो पाराका सोचहरु मेरो जीवनमा यदा कदा आउने गरेका छन र आई रहेका पनि छन् । मानिस का न्युनतम आवश्यकताहरु पुरा गर्नु पर्ने र आफ्नो कर्म प्रति इमान्दार रहनु पर्ने भएकाले प्राय समय म काममा नै बिताऊँछु तर जति काम गरे पनि जस्तो सुकै समयमा रमाएता पनि मेरो भावना अनुरुप काम भए जस्तो कहिल्यै महशुस हुँदैन थियो किन कि मेरो विचारमा , व्यापार मात्र गरु भने कति व्यापारी आए गए के नै भयो र राजनीति मात्र गरु भने कति नेता भए गए के नै भयो र वास्तवमै मानव समाजमा उल्लेखनीय काम त सारै दुर्लभ मानिस र हातमा गन्न मिल्ने मानिसले मात्रै गरेका छन् । जो मानिसले कहिल्यै पनि सन्तान, सम्पत्ति र सम्मानको आशक्ति राखेनन् । यस्तै यस्तै सोचले मेरो मनमा उमङ्ग भएर खेल्ने मैदान बनाईरहेको थियो ।
         
              तै पनि आफ्नो कर्म गर्ने पर्यो । त्यसैले कर्म पुरा गर्ने निहुमा नेपाली सामानलाई विदेशि भूमिमा बेच्नु पर्छ भन्ने मान्यतालाई साकार पार्ने लक्ष्य छदै थियो । साथै अलि अलि अनौठो सोचले फेरी जरा गाड्न थाल्यो । अलि अलि छटपटि, धेर थोर गुम्सिए जस्तो महशुस भइरहेको थियो । आखाँ हेर्दा आँखाले भ्याउँने तस्विर मात्र देखिन्थ्यो भने आँखा बन्द गर्दा आफ्नै ध्यानमा मग्न हुँदा ब्रह्माण्ड कल्पना गर्न सकिन्थ्यो । त्यै भएर आँख चिम्लिएर म पनि अन्धकार रुपी संसारमा एउटा त्यस्तो दियो खोज्न भौतारिए जसको उज्यालोले वास्तमै मानव समाज को सहि चित्रण गरोस् । मेरा सोचहरुले विस्तार विस्तार जीवन का भेउहरु बुज्दै थिए । केही नयाँ सुरुवात गर्ने ऑट र साहास बढी रहेको थियो । तर के गर्ने भन्ने विषयमा खासै निर्क्योल निस्किएको थिएन । तै पनि जात जाति र धर्म संस्कृति का नाममा संसारमा बढेको विसंगति विरुद्ध केही कदम चाल्न पाए वास्तवमै मानव जाति को मानवता बच्ने थियो भन्ने कुरामा विश्वस्त हुँदै गई रहेको थिए र यसै क्रममा संगतसस्कृतिको अभियान शुरु गरियो। जसको वास्तविक उद्देश्य संसार का मानव समुदाय का परिचय लाई मात्र एक जात र थर ३ वटा (स्त्री, पुरुष र उभय) मा सिमित राख्दै प्रत्येक घरमा छोरा जन्मदा “पुरुष” र छोरी जन्मदा “स्त्री” थर राख्ने र तेस्रो लिङ्गी जन्मदा “उभय” राख्ने गरी जनचेतना फैलाउने र साथै स्त्री – पुरुष -उभय समाजमा बराबरी जिम्मेवार हुने भएकोले समाजमा पनि स्त्री, पुरुष र उभय सहभागी भएका संगतमय समाज को निमार्ण गर्नु नै हो । अर्को कुरा धर्म संस्कृति र सामाजिक मान्यतालाई आधार बनाएर समाजमा कपोकल्पित तथा अंधविश्वास जस्ता भ्रामक कुराहरुले पनि स्थान पाएकोले त्यसलाई अध्ययन तथा अनुसंधान बाट निराकरण गर्न जरूरी थियो किनकि आज सम्म संस्कृति का नाममा पाखण्ड घुस्नाले पुर्बिय संस्कृति नै संसार बाट लोप हुने स्थितीमा पुगेको छ । जब कि मानव विकासको सुरुवात नै पूर्वीय संस्कृति बाट भएको थियो र विज्ञान संगत कुराहरुलाई व्यवहारमा धर्म बनाएर पुर्विय दर्शनले नै लागु गरेको थियो भन्ने प्रसस्त प्रमाणहरु फेला परिरहेका छन् ।
 
             यस्तै विभिन्न कारणले गर्दा वर्तमान समाजमा साझासंस्कृतिको आवश्यक्तामा धेरै सत्य कुराहरु अगाडि आई दिनाले जयसंगत जस्ता संस्थाको आवश्यकता समाजमा जताततै झल्किएको छ । किनकि संसार जति प्रगतिको नाममा तला थप्दै गईरहेको छ त्यतिनै मानव समाजलाई एक मिनेटमा ध्वस्त पार्ने प्रकृति विरोधी क्रियाकलापमा पनि व्यस्त छ । यसै क्रममा राजनैतिक उद्देश्यले बारम्बार प्रयोगमा आउने मानव अधिकार भन्ने शब्द पनि व्यवस्थित पद्धति अपनाउने नाममा दिन प्रतिदिन लोप हुँदै गइरहेको छ । सामाजिक स्वार्थ व्यक्तिगत स्वार्थ भन्दा ठूलो हुन्छ भन्ने जान्दा जान्दै पनि विश्व का राजनेता भ्रष्ट बुद्धिले एक दिन यो मानव समाज ध्वस्त पारेरै छोडछन् भन्ने कुरामा दुई मत छैन । जसको कारण मानव समाज ध्वस्त पार्नलाई निहुको रूपमा प्रयोग हुँदै आएका विभिन्न जात जाति र धर्म-सम्प्रदाय विशेष जस्ता विषयहरूले ठाँउ पाइरहेकै छन् । किनकि विश्वको कुनै पनि समाज आफ्नो परिचयको रूपमा जात र धर्मलाई अगाडि सार्दछ । त्यसैले यी विषयलाई राजनीतिकरण गरेर व्यक्तिगत स्वार्थ लुट्नेहरुले पटक पटक मानव समाजमा प्रहार गर्दै रगतको होली खेलीरहेकै छन् । यसैगरी मान्छेको भावनामा खेलेर समाजमा ठूल-ठूला घटना घटाउँदै विश्व सामु दानवीय वर्चस्व राख्नेहरुको कमि छैन । जसले जीवन मात्र स्त्री, पुरुष र उभय भएर बिताउन सक्दैन उसैले संसार हाक्ने मान्छे आफू मात्रै भए झै ठान्दछ । यी सबै कुराहरु बाट बच्ने र मानव अधिकार को सहि संरक्षण गर्ने र मानव अधिकारको मात्र होइन यो सृष्टि भित्र श्रृजित भएका सम्पूर्ण जीव र जगतको रक्षागर्ने, आध्यात्मिक र भौतिक ज्ञानको समन्वय गराएर प्रयोग गर्ने उपायको खोजि गरी लागु गर्ने पद्धति नै मुख्य खोजीको विषय हो । जसले समान रुपमा कर्मशिल आत्माहरुको सहभागिता दिव्य समाजको निमार्ण गर्दछ । अझ साझा रुपमा बाइबल, कुरान, त्रिपीटक, गीता र वेद तथा शास्त्र को यथार्थ तथ्यहरूलाई समाजमा संयुक्तरुपमा कार्यान्वयन गराउने हिम्मत राख्दछ । संगतसंस्कृतिको समाजमा महत्वपूर्ण भूमिका हुन्छ र ? भन्ने जिज्ञासा पनि आउन सक्छ र जिज्ञासा आउनु स्वाभाविक पनि हो किनकि जुन कामले समाजमा समय अनुरूप सामाजिक संतुलन गर्दैन त्यो कामको औचित्य पनि छैन । म अहिले विश्व व्यापिकरण (ग्लोबलाइजेशन) को कुरा गरेर आफ्नो पोल्टो भर्नेहरूको कुरा गर्दिन किनकि ति सबै देखिएका हेर्न लायक कुराहरुको आधार पुर्बिय संस्कृति नै हो भन्ने कुरामा म विश्वस्त छु । म नेपालको साना तिना कुराहरु बाटै के प्रस्ट पार्न चाहन्छु भने सामाजिक उद्देश्यले वा राजनीतिक उद्देश्य ले समाजमा जनजाति, दलित, कमैया वा महिला आदि जस्ता शब्दहरु जे जति नाम लिएर फुटपाथ, जंगल हुँदै महल पुगे पनि व्यक्तिगत स्वार्थ पुरा गर्न भन्दा अरु केही जितेका पनि छैन र जित्न पनि सक्दैनन् किनकि जनजाति, दलित, कमैया वा महिला जस्ता शब्दको औचित्य सकियो भने भोली के को बारेमा भाषण गर्ने र नेतृत्वमा पुग्ने विचरा कमजोर आत्माहरुलाई गाह्रो पर्छ । त्यसैले जनजाति, दलित, कमैया वा महिला जस्ता शब्दजाल निकाल्दै थरलाई जात भन्ने र जात जातिको नाममा उस्काएर आफ्नो दुनो सोज्याउने धूर्तहरुको खुराफाती दिमाग बाट मान्छे त्यति खेर मुक्त हुन्छ जति खेर मान्छेले आफ्नो शक्ति आफै थाहा पाउँछ । किनकि कर्मको आधारमा वर्ण व्यवस्था भएको हो भन्ने सत्यलाई बिर्सिएर नेपालमा अहिले जात जाति र धर्मको बारेमा खुलेर चर्चा भइरहेको छ । भोली विभिन्न वाद र अस्तित्वको नाममा समाजलाई उस्काएर रगत बगाउन बेर लाग्दैन त्यसैले सबैलाई एकठाउँ (गोल बद्ध) गरेर सहि संगत गर्न जान्ने समाज निमार्ण गर्नको लागि साझासंस्कृतिको आवश्यकता प्रष्ट झल्किएको छ। साझा संस्कृतिको रुपमा प्रत्येक वस्तुको वस्तुसँग समन्वय वा संगत पञ्चतत्वको माध्यम बाट भै रहेको छ, तेहि संगत मानवको पहुँच भन्दा बाहिर सनातन रूपमा चलिरहेको छ । पञ्चतत्वको चरित्रनै संगत गरेर सम्पूर्ण जीव माथि दिनचर्या बनेर वर्षिरहेको छ। त्यहि दिनचर्या नै अटल अमर र सनातन संगतसंस्कृति बनेको छ । अब त्यहि संगतसंस्कृतिको माध्यामबाट आवश्यक चिन्तन र समन्वयकारी ज्ञान का प्रादुर्भाव गरि संगतसंस्कृतिको अवधारणा अनुरुप समान सामाजिक हैसियतमा स्त्रीलिङ्ग, पुलिङ्ग र उभयलिङ्ग मात्र संसारका ध्रुव सत्य पहिचान हुन् । जसको आधारमा स्त्री, पुरुष र उभय थरलाई विश्वव्यापिरूपमा मान्यता दिएर ऋषि परम्परा अनुसार आफ्नो गोत्रीय वंशको आधारमा गोत्र स्थापित गर्दै आ आफ्नो कर्म गरेर जीवन बिताउन पाउने अधिकार सबैको लागि समाजमा लागु गर्न सबै भन्दा ठूलो आवश्यकता हो । यी सबै कुराको पुष्टि हुने आधार भनेको आध्यात्मिक शास्त्र र आधुनिक युग नै हो । धर्म र विज्ञानले पुष्टि गरेको ध्रुव- सत्य कुरालाई नमानी लहड्को आधारमा वर्गीकरण गरेको विध्यमान समाजको तथ्य हिन जात जनाएर हिड्नु भविष्यको लागि उपयुक्त नहोला । तर जातीय समस्यामात्र सामाजिक समस्या होइन समाज सन्तुलित र समृद्ध बन्नलाई शिक्षा, रक्षा, अर्थ र श्रमको (ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र) समान उपस्थिति हुने दर्शन र प्रयोगवादी संविधान हुन जरुरी हुन्छ । जसको कारणले संसारका श्रम, श्रोत, शक्ति र ज्ञान परिचालन गर्ने मानवको बिचमा समन्वय, सहकार्य वा संगत हुन जान्छ र संगतकै कारण मान्छेले आफ्नो योग्यता र कर्मको सहि मुल्याङ्कन गरि अन्तर्रमुखी चिन्तन र बहिर्मुखी चिन्तनको सार बुझि समाजलाई सन्तुलित गरि समृद्ध बनाउन सक्छ । यो श्रृष्टि सनातन छ । परमेश्वरको साकार निराकार शक्ति सँगको संगतले नै सनातन भएको हो, सनातन नै प्राकृतिक तन्त्र हो । सनातन तन्त्र नै पञ्चतत्वको चरित्र लागु गर्ने पद्धती हो । पञ्चतत्व नै एक अर्का सँग संगत गरेर अस्तित्वमा रहेको छ । त्यहि संगत नै श्रृष्टिको संस्कृति हो त्यहि संस्कृति नै साझासंस्कृति हो । त्यहि साझासंस्कृति नै हाम्रो संस्कृति हो । हाम्रो संस्कृति नै संगतसंस्कृति हो । संगतसंस्कृति नै संसारका संस्कृतिक विचलनको एकमात्र समाधानको उपाय हो । सबै वादहरूको मिलन विन्दु नै संगत हो । संगत विना कुनै वादको परिचालन हुन सक्दैन त्यसैले संगतवाद नै सम्पूर्ण वादहरूको समाधान हो । यसरी सम्पूर्ण हिन्दूहरुको मूल शब्द नै संगत भएकोले कुनै गुरु, नेता, वाद वा विचारको जय भन्नु भन्दा संगतको जय भन्नु नै परमेश्वरको श्रृष्टि चरित्रलाई सम्बोधन गर्नु हो । परमेश्वर सत्य हो, सत्यको सम्बोधन नै हाम्रो कर्म हो । संगत नै प्राकृतिक सत्य हो । संगतको जय भन्नु नै सत्यको जय भन्नु हो । तसर्थ जयसंगत सम्बोधन नरको जीवन नारायण संग जोड्नु हो । त्यसैले जयसंगत अभिवादन सम्पूर्ण आत्माहरुलाई परमात्मा संग जोड्ने मुख्य कडि वा सम्पूर्ण सम्बोधन हो । कसैको इच्छा र कल्पना भन्दा बाहिर सनातन देखि चलिआएको सृष्टिको संस्कृति नै संगतसस्कृति हो । संगतसंस्कृतिलाई स्थापना गर्नु संसारमा सधैको लागि मुख्य आवश्यकता हो ।
 
        यस्तो अलौकिक साझासंस्कृतिलाई विभिन्न व्यक्तिगत महत्वकांक्षा र अभिलाषाले विभिन्न वाद र विचारमा बाँडेर स्वघोषित गुरु तथा नेता बनि चलाईएका प्रपञ्चहरूले सामाजिक समाधान वा मुक्तिको मार्ग मिल्नेछैन । सबै को सत्यमा ध्यान जावोस् … अस्तु। जयसंगत…

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016