लघु कथा
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

शोभा बुहारी बनेर पनि सधैँ फरियामा बेरिएकी छैन ।बरु बिहे नहुदै गुन्यू चोली गरे पछि माइतमा उसले कहिल्यै जामा लाउन पाइन।अाज शोभा अरु दिन भन्दा केही छिटो उठेकी छे।पूर्णिमा परेकाले गोबर र माटोले घर लिप्नु पर्ने छ।लिप्नका लागि तयारी हुँदाहुँदै शोभालाई दिसाले च्याप्छ।माइतमा शौचालय नभएकाले ढोका लगाएर दिसा बस्न शोभालाई अझै गारो नै लाग्छ ।साँझ बिहान सबैको अाँखा छल्न पाई भने नजिकैको बाँसको झाडीमा नै दगुर्छे शोभा। अाज पनि बिहानै भएकाले अाँगनको पल्ला छेउबाट फुत्त तल्ला गरामा हाम फाली। थोरै गराको माटो उधिनेर सानो सानो खाल्डो बनाई ।दिसाले निकै च्यापेकाले हत्तपत्त सुरुवालको इजार खोल्न खोजी तर गाँठो सुर्कने थिएन ।बल गरेर इजार छिनाइ दिई।बल्ल शोभालाई अानन्द भयो।अाकाशमा बिलाउन लागेका तारा देखी।मितिनीको घर जाँदा यस्तै मिर्मिरेमा मितिनीले अाँगनको बिचमा नै दिसा बस्न लगाएकी थिइन्।शोभालाई अचम्म लागेको थियो। एकैछिनमा मीत बा उठेर एक डोको छतौरा कुखुरा छाडे अाँगनमा।त्रु अा अा गर्दै त्यही छोरीहरुको दिसा खान लगाए कुखुराहरुलाई।कुखुराले छरिबरि पारेर डल्ला गुडाउदै खाएको याद अायो शोभालाई। यतिकैमा सासूअामा बोले जस्तो लाग्यो ।हतार हतार दिसालाई माटोले पुरी दिई।एउटा सानो ढुङ्गो बोकेर कुद्दै शौचालयमा पसी। खाल्डे चर्पीमा यसो पुछेर ढुङ्गो खसाइ दिई। च्वाप्ल्याङ्ग अावाज अायो। कुर्थाले सुरुवाल समाउदै बाहिर निस्की।
शोभा तँ पानी नलिई सुची गर्न गइस् क्यार सासूले भनिन्। शोभा बोलिन। सासूले फेरि भन्न थालिन्," शोभा हामीले दिसापिसाब ठिक ठाउँमा बिसर्जन गर्नु पर्छ र सधैँ पानीले राम्रोसँग मलद्वार सफा गर्नु पर्छ।त्यसपछि खरानी पानी या साबुन पानीले मिचिमिचि हात धुनु पर्छ।स्कुलमा पढेका छैनौ? सासूले गाली नगरी सम्झाएको देखेर शोभालाई स्वास्थ्य पढाउने सरको याद अायो। थोरै पश्चाताप लागे पनि सधैँ शौचालयमा नै जाने भित्र भित्रै अठोट गरी शोभाले।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016