लघु कथा
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

विवाह लगत्तै गोकुलले अामासँग झर्कदै भन्यो,"अामा यो केटीले मेरो घरबार हुदैन है,न खाने ढङ्ग छ न बोल्ने नै। पटुकालाई पोड्का भन्छे,कचौरालाई बोड्का भन्छे। बिहेमा लगेको क्रिम हिजो कुर्कुचाको घाउमा दल्दै थिई । मेकअपको बाकसमा भएको सेनेटरी प्याड छामेर यो पाउरोटी हो?भनेर सोध्छे ।अामा मलाई त चड्काऊँ जस्तो लागेको थियो। हिजो देख्नु भएन,चिया कचौरामा भाग लगाएकी, चारमानेकी छोरी।" यत्तिकैमा नयाँ बेहुली खेमकुमारी अाफ्नो सुत्ने कोठाको केही कसिङ्गर पिराको उल्टोपट्टि उठाएर सासू भए ठाँउमा प्रयोग भएको कण्डम देखाउदै सोध्छे," यो के हो अामा?" गोकुल मरेतुल्य हुन्छ र जुरुक्क उठेर हिड्छ। त्यतिमात्र होइन भोलि बिहान सखारै गोकुल २/४ वर्ष घर नफर्कने धम्की लगाउदै काठमाडौंतिर लाग्छ।उता खेमकुमारी सासूसँग अँगालो हाल्दै बेस्सरी रुन थाल्छे।
सासूको मनमा एकाएक अाफू पनि पराई घर अाएको र कठोर बुहार्तन सहेको सम्झना अाउछ साथै अाफ्ना छोरीहरु पनिअर्काको
घरमा गएर नयाँ वातावरमा कसरी घुलमिल होलान् भन्ने पनि सम्झिन पुग्छिन्। श्रीमान बिते पछिका सङ्घर्ष अाखाँभरि छायाँ परेर अाउछन्। त्यसपछि तुरुन्तै निर्णय गर्छिन् र बुहारीलाई उसको दक्षता जाँच गराएर कक्षा ७ (छोरीकै कक्षा )मा नजिकैको स्कुलमा भर्ना गरिदिन्छिन्। सासू अामाले बुहारीको बोलाउने नाम शोभा राखेकी छिन्।
शोभा पनि कक्षामा साथीहरू भन्दा केही ठुली देखिए पनि अब्बल विद्यार्थी गनिन थाली।अामा जत्तिकै स्नेह गर्ने सासू भएकाले शोभा खुशी नहुने कुरै भएन।बिहान बेलुका घरको काम फुर्तीले सघाउँथी शोभा। त्यस घरको मेलमिलाप गाउँ भरिकै उदाहरण थियो। गोकुल सहरमा कुनै केटीको चक्करमा परेको छ।दशैँमा घर जाँदा शोभामा अाएको परिवर्तनले ऊ अचम्ममा पर्छ। यो चोटि घरमा कुनै पनि बेमेल सृजना भएन। पछि ऊ पुन: काठमाडौं त अायो तर शोभा उसको अाँखामै घुमिरहेकी छे।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016