अब चै जिन्दावाद भन्दिन है
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

शहर पसेका स्यालहरू
भोकाएर गाॅउ फिर्दै छन
बढीआमाको कुखुरा खोर
रित्तीदो छ
माईलीको भट्टी हाॅसेको छ
रमाएकी छिन माईली
दुई पलको लागी
धने सार्की लठ्ठीदो छ
सर्किनी काकीले बैना थापी
मुसहर बस्ती लिलामीदै छ
मैले सकिन सहन
माफ गर या नगर साथीहरू
अब चै जिन्दावाद भनिन है ।
अस्ती पल्लाघरे आमै मरिन
मलामी भएनन् ,बा बिरक्तीए
साईलो ले खवर पाएन होला
अबरमा हरायो ले
रेमीटेन्सले हाॅसेको छ
सिंहदरवार
गाउ रित्तीएको छ
बारी बझै छन
मैले सकिन सहन
माफ गर या नगर साथीहरू
अब चै जिन्दावाद भनिन है ।
धने को छोरा
स्कुलबाट निकालीयो
बाउको लास बाकसमा देखेछ
प्रिन्सिपलले
झोला खोसियो फुन्टेको
सुर्य अस्तायो
रूख ढलेछ
हसिया आमाले लगीन रे
हतौडा उठाउन सक्दिन भन्छ
गाई पुज्दैन रे
मसाल उठाउछु भन्दै
सडकमा भौतारिएको
मैले सकिन सहन
माफ गर या नगर साथीहरू
अब चै जिन्दावाद भन्दिन है ।
अब चै जिन्दावाद भन्दिन है ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016