निम्तो पत्र
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

यस पाली ढोल बझेन गाॅउमा
कृष्ण लीला देखाईएन
लाहुरी भैसी थारै बसी
आमाले घ्यु बनाइनन
बासले मुना हालेन
बा ले तामा खादेनन
अनि
तेरो भाईले भुलेछ
लिन आउन पाएन
नरिसाउ है दिदी
निम्तो गर्दैछु
आईज है...
आमाले ढकने बनाउने रे
बा ले कोक्रो हाल्दै छन रे
सानीले बिदा पाईन रे
बुहारी माईती जान्छे रे
भाउजु बिरानी भईन रे
छिमेकी चेली आउन थाले रे
तेरो भाई मुग्लान मै छ
लिन आउन पाएन
नरिसाउ है दिदी
निम्तो गर्दैछु
आईज है....
आगनी काटी साहुले बुझे
नाच्नलाई साॅघुरो भो नभन है
धान खानी खेतमा खोला पस्यो
पेटारी बाख्री जंगलमै हराई
माले गोरूको हल टुट्यो
पारी घरे साहिला दौतरी लगाई
तेरो भाई मुग्लान लाग्यो
आमा रूदै होलीन
बा ले बाटो हेर्दाहुन
लिन आउन पाएन
नरिसाउ है दिदी
निम्तो गर्दैछु , निम्तो गर्दैछु
आईज है..... , आईज है.... ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016