मेरो छोरो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

सुलुत्त परेको नाक
टाक्सिएको अनुहार लिएर
मेरो छोरो
सानो झोला पिठयुॅमा बोकेर
सुॅक्क सुॅक्क नाक बजाउदै
दौडदैछ स्कुल जाने बाटोमा
चिट चिट पसिना काढेर निधारमा
हस्याङ फस्याङ गर्दै
दश बजे लाई भेटाउन
कक्षा कोठाहरूमा लोभीएका ऑखा
बाटाका किनारहरूमा चटपटे बेच्ने
कालो सुईखुट्टे पसलेलाई देखेर
रसाएको छ उनको जिब्रो
बक्साभरी बरफ बोकेको देखेर
दौडदैछ , मेरो छोरो
पैतला धोच्दै ढुङ्गाको कणहरूमा ।
पहेला गाडीहरूका
फोल्डीङ कुर्सीहरूमा बसेर दौडदै छन
सडकहरूमा
छोपौला झै धुलो उडाउदै
झ्यालबाट हात हल्लाएका
दौतरीहरू लाई
एक टक लाएर हेर्दै हिड्छ
मेरो छोरो
यस्तै यस्तै पहेला गाडीमा
हात हल्लाउदै
बाई मामु बाई बाबा भन्दै हिड्ने कल्पनामा
रूमल्लीदै छ मेरो छोरो
के थाहा
पहेला गाडी र हात हल्लाई को मुल्य
त्यो अबोध शिशुलाई ।
चुई चुई थोत्रो साईकलमा दौडदै
साहुको हप्काई मा झुम्मीदै
दवाएर आफ्नो छोराको
सानो मुटु भित्र छापीएको
आकांक्षाका स्पन्दनहरू लाई
मुटुको भक्कानो सगै
मन भित्रै
घुटु घुटु ऑसु पिउॅदै छ ।
ज्योती नै हटाउन लागेको
उसको बाबुको
ऑखा ले भन्दै गरेको छ
मेरो छोरो
तिम्रा चाहाना पुर्याउन नसक्ने
एउटा गह्रुगो संसार बोकेर हिडेको
लाछी बाबु
ईमान्दारीताको कालो पर्दालाई
आफ्नो सर्वस्व संझिने
तिम्रो लाछी बाबु
नैतिकताको भुमरीमा रूमलिएको
तिम्रो लाछी बाबु
तिम्रो चाहाना पुर्याउन सक्दैन
मलाई माफ गर छोरा
मलाई माफ गर..... ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016