मेरो बाटो न हेरी देउ है
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

गैरी खेत बाझै छ रे
घरको छानो चुहेकै छ रे
धमीराले धुरी टेकेकै छ रे
ध्वासो ले भित्ता रंगीएको छ रे
दलिन मक्कीएको छ रे
आमाले मन कसरी थाम्ली
चाचा हुईईई.... गर्थ्येउ होला
लिङ्गो गाड्न आउन सकीन
छोरा
पोहोरको भाखा नसंझी देउ
यस पाली नी यस्तै भो
मेरो बाटो नहेरी देउ है ।
हबल्दारको छोरा रमाउदै आउला
सुब्बाको छोरा ले जिस्क्याउला
पेटारे खसी मुखीयाले लगे रे
भकारी चैत मै रित्तीयो रे
तेरी आमा मकै भुट्दी हो
मासु र भात नखोजी देउ
नयाॅ लुगा नरोजी देउ
पेटारेको कान नमागी देउ
मामा घर जाउ नभनी देउ
आर्मिको ड्रेस ल्याउन सकिन
छोरा
पोहोरको भाखा नसंझी देउ
यस पाली नी यस्तै भो
मेरो बाटो नहेरी देउ है ।
गैरी खेत रोप्न आउला
छोरा बाउसे गर्छ नी
बाउ छोरा मिली धमीरा खेदौला
नयाॅ दलीन फेरौला
लिङ्गो गाडौला
मासु र भात पक्कै खाउला
नयाॅ लुगा लिएर ल्याउछु
मामा घर नी जाउला
साहुको ऋण भाखा सारेझै
सारो फेरी बाउले नभन है
छोरा
पोहोरको भाखा नसंझी देउ
यस पाली नी यस्तै भो
मेरो बाटो नहेरी देउ है ।
मेरो बाटो नहेरी देउ है

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016