चिच्याई फेरि करायौ किन
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

मैले त भनेथेँ खुलम-खुल्ला भेटौँ, आखिर तिमी डरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
 
उसै नि म त बाहिरै देखि कालो, भित्र कस्तो जाँच्ने काम तिम्रो !
भुत सवार गराई आफूमा, मलाई मन परायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
 
नभेटुँ नभेटुँ त म भन्दै थिएँ, तिम्रो जिद्दी सामु हार्न पुगेँ !
मोहनी नै लगाई जबर्जस्ती, भेट्न आउने गरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
 
हार जितको त चक्र नै हुन्छ, हारे आज भोलि जितिन्छ !
तिमी आफैले हार्नु थियो त, मलाई स्वयं हरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
 
मैले त भनेथेँ खुलम-खुल्ला भेटौँ, आखिर तिमी डरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016