तुहिने गर्भ
feather icon प्रकाशन मिती: २०७८ बैशाख ८ गते

ऊ प्रेमी, असल प्रेमी।
वर्ष दिन खर्चेर एक तस्बिर बनाउँछ।
सम्पूर्ण माया पस्केको छ एकै तस्बिरमा।
तस्बिर मनमोहक छ।
हेर्नुस त त्यो तस्बिर, तस्बिर को मुख्य आकर्षण छिन् उसकी प्रेमिका।
अब त्यो आकर्षण छोडेर तस्बिर को बाँकी छायाँ हेर्नुस त।
त्यो हो उनीहरूको सपनाको गर्भ।
जहाँ एक विशाल महल छ।
बगैंचाले घेरिएको त्यो महल सुगन्धित छ।
बगैंचामा खरायो र कुकुरहरु उछलकुद गर्दै छन्।
प्रवेश सँगै रंगीचंगी फूलहरूले घेरिएको पानीको फोहरा पनि देख्नु हुन्छ।
वाह! त भन्नुस् अब।
 
ऊ प्रेमिकाको सुन्दरता नलुकाउन चन्द्रमा टिपी तस्बिरमा साजाउँछ, ताराको मण्डला बनाउँछ।
अहो बडो मौनता रह्यो तस्बिरमा!
तब ऊ बडो चाँडो हात चलाउँछ, तस्बिरमा वृक्ष उमार्छ र कोइलीको गुँड सिंगार्छ।
अब कुहू कुहु कोइलीको संगीतको मिठास पनि सुन्नु हुन्छ।
अब नियाल्नुस त त्यो तस्बिर।
फर्की हेर्नुस त उसकी प्रेमिका।
एक अंश पनि बेखुसी छैन।
अहो त्यो खुसाल उज्यालो अनुहार!
 
बर्सेनि बनेका यी तस्बिर को खात लाग्छ।
यिनै तस्बिर हुर्कदै छन् गर्भमा।
प्रेमिका यो गर्भ हुर्काउने चाहा मा छे।
तुहिने जान्दा जान्दै प्रेमी त्यही गर्भको मायामा फसेको छ।
नफसोस् किन?
तुहिने गर्भ जानेरै पनि के आमाको ममता नबाँधिएला त गर्भमा?
त्यसैले अब जान्नुस् कालिगरको वास्तविकता।
 
उसले यी तस्बिर त्यो झुपडी छेउको रूख को छहारीमा कोरेको हो।
झुपडी हेर्दै महल कल्पेको हो।
टुकीको उज्यालोमा आफैं हराएको उसले, चन्दाको छहारीमा प्रेमिकालाई सिंगारेको हो।
के हुर्कदै गरेका नहोलान् त ती तस्बिर तुहिने गर्भमा?
 
त्यसैले,
लक्ष्मी प्रसादको 'उँडी छुनु चन्द्र एक' पनि तुहिने गर्भ।
किन?
चन्द्रमाको सितलतमा मोहित ऊ
त्यो अकल्पनीय वेग, असीम रफ्तार
तब ठोक्किन्छ कतै, थामिन्छ त्यो वेग, पछारिन्छ पुनः।
तब?
तब पतन।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016