प्रियतमा
feather icon प्रकाशन मिती: २०७८ बैशाख ८ गते

ओ मेरी प्रियतमा,
अब त आउ न फर्की।
यो रिमझिम पानीमा तिम्रो यादले सतायो।
 
आज यो झरीमा निथ्रुक्क म,
तिमीलाई खोज्दै टोलाएको छु।
यी आँसुका धारा त पखाली लग्यो झरीले,
तर मन भक्कानिदै छ।
 
तिम्रो पर्खाइमा यी पानीका बुलबुल फोका सरह आँसुका ढीका त साँझ बिहान कति खसे कति।
मयूर जोडी जसरी यो झरीमा रुझ्दै भिज्दै खुला आकाश मुनि नाच्थ्यौं हामी।
 
म अनकन गर्दा पनि तानेर रुझाऊने गर्थेउ।
आज पनि आउ न,
फेरि तानेर सँगै रुझ्न लग।
आज अनकन पनि गर्दिन प्रियतमा म।
 
म आफैं तिम्रो हातमा हात राख्छु,
केबल हात थाम्न आइदेउ।
केबल हात थाम्न आइदेउ,
आज म आफैं अगि लागेर तानी रुझाउन लान्छु तिमीलाई।
 
किनकि,
फेरि देख्ने रहर भो निथ्रुक्क रुझेकी तिमी।
रिमझिम पानीले हेर्न अप्ठ्यारो हुँदाको त्यो खुम्चिएको अनुहार,
चिम्रा आँखा,
तर पनि म तिर हेरेर मुस्कुराईरहेकी तिमी।
 
झझल्को आयो प्रियतमा मलाई,
ती भिजेका परेली,
भिजेर गालामा टासिएका ती केसका रेसा।
तब पनि आफ्नो बिर्सेर मेरो निधार पुछिदिन्थ्यौ तिमी।
रुझ्ने मन भरिदा नभरिदै,
मलाई यो रूखको छहारीमा ओत लाग्न तानी ल्याउँथ्यौ।
 
तबको त्यो तातो तिम्रो अंकमालले मेरो सानो बेखुसी पनि मेटिदिन्थ्यो।
त्यो लामो अंकमालको न्यानोपनले त,
भिजेर चपक्क टासिएका कपडाको चिसो पनि सोसी लान्थ्यो।
म यही रूखको छहारीमा निथ्रुक्क भिजेर आइपुगेको छु आज।
 
हामी जसरी नै कोही नबजोडी पनि अंकमालमा बाँधिएका छन्।
हामीले औंल्याउँदै हेर्ने गरेका ती क्षितिजका डाँडाहरु इन्द्रेणीले रंगीन छन्।
रुझ्दै चिर्विर गीत गाउने चरीको संगीतको माधुर्यता पनि उस्तै छ।
 
फरक यति छ,
पहिले रुज्ने हामी हुन्थ्यौँ,
आज म छु।
यो रिमझिम पानी बनी तिमी नै पो बर्सियौकी कतै।
 
किनकि तिमी पनि त यो पल फेरि बाँच्न आतुर होलाऊ।
बरु बर्सिदेऊ प्रीयतमा यही झरी बनी,
अटुट रूझ्ने छु यो झरीमा,
बस तिम्रो आभास दिलाउँछ भने।
 
ओ , प्रियतमा,
अब त आउ न फर्की,
यी यादहरु धमीलिदै छन्।
 
फेरि बाँच्नु छ यी पलहरु,
केबल यी अनमोल याद सगेट्न भये पनि।
 
आज त त्यो तिम्रो गालामा टाँसिएका केस संगाल्दिन्थेँ पहिले।
परेली रुझाउने पानीका थोपाहरु पुसिदिन्थेँ।
तब त्यो तिम्रो हँसिलो मुहार नियाल्थेँ।
तबका ती असीमित मायाका भाव तिम्रो त्यो ओठको चुम्मनमा पोख्थेँ।
तब यो रिमझिम झरी बिर्सेर तिमी मै लिप्त हुन्थेँ म।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016