ब्रेक - अप
feather icon प्रकाशन मिती: २०७८ बैशाख ८ गते

अाज पनि क्याम्पसबाट फर्कंदा सदा झैं माइक्रोमा थिएँ। गाडी आफ्नै रफ्तारमा थियो, म आफ्नै धुनमा थिएँ। सबैको बेवास्ता सँगै आफैंमा हराएको मलाई तोकेर कसैले एक्कासी प्रश्न गरे झै लाग्यो।
प्रश्न सायद यस्तो थियो, 'तपाईंको ब्रेकअप भएको छ?'
आवाज मलिन थियो, मसिनो थियो, दुःख मिसिएको थियो। लाग्थ्यो, कोही मनमनै बोल्दा झुक्केर निस्किएको होस्।
म माइक्रोको अन्तिम सिटमा थिएँ। मेरो दायाँमा दुई पुरुषले सिट ओगटेका थिए, बायाँमा एक युवती थिइन्। यसरी अन्तिम सिट भरिएको थियो। माइक्रो त्यत्ति भिडा भीड पनि थिएन।
त्यो प्रश्न तीनै युवतीबाट म तिर आए झै लागेकाले उनी तर्फ फर्केर जवाफ पूर्व मैले पनि पुनः प्रश्न नै गरें।
'मलाई सोध्नु भएको हो?'
'अँ, तपाईंको कहिल्यै ब्रेकअप भएको छ?'
प्रश्नको सुनिश्चितता भए लगत्तै निसंकोच जवाफ फर्काएँ, 'अहँ! छैन।'
'कसैलाई माया गर्नु हुन्छ?'
फेरि निर्धक्क भएर भनें, 'अँ, गर्छु। किन र?'
उनले मेरो 'किन र?' प्रश्नलाई महत्व नदिई पुनः प्रश्न गरिन्। 'तपाईं उनी र उनको खुसी मध्य एक रोज्न परे के रोज्नु हुन्छ?'
प्रश्नोत्तर को खेल झैं तारमतार प्रश्न खस्दै थिए। तर मलाई पनि कहाँ कता बाट जवाफहरु फ्याट्ट फ्याट्ट फुरिरहेका थिए। प्रश्नोत्तर को खेलमा डुब्दै बडो आनंद र उत्साहका साथ जवाफ फर्काएँ।
'उनको खुसी नै म हुँ। उनले खुसी रोज्नु र मलाई रोज्नु एकै हो। तसर्थ त उनको खुसी रोज्दा पनि म नै रोजिन्छु। उनको खुसी रोज्दा पनि उनी मेरै बन्छिन् ।'
व्यङ्ग्यात्मक हाँसोले नपत्याए झै भाव दिइन्। एक्छिन रोकिएर फेरि भन्न सुरु गरिन्।
'की उनले तपाईंलाई भ्रममा राखिन्, वा तपाईं आफैं भ्रममा पर्नु भयो। यदि दुवै कुरा गलत रहे तपाईंको माया र मायालु को मिश्रण दमदार रहेछ। तर तपाईं बाहेक अरु केही कारण छदै छैनन् त उनी खुसी हुन?'
'अँ, कारणहरू त धेरै छन्, होलान्। जस्को पनि हुन्छ, हुन्छ होला।'
'अनि ती सबै कारणहरू जोड्दा तपाईंलाई जित्लान् की नजित्लान त? तपाईं एक्लो, कारणहरू धेरै। होइन र? '
म अल्मलिएँ। अगिको निर्धक्क पन पनि अलि डगमगायो। फ्याट्ट जवाफ पनि आएन।
फेरि अकमकाउँदै बोलिन्। 'म पनि त्यही भ्रममा थिएँ, रहेछु। आज हाम्रो अन्तिम भेट थियो।'
बोली अझै लर्वरिदै आयो। 'उसका खुसीहरू र सपनाहरु बेगर ऊ छैन्। ऊ बेगर म छुईन। दुवैको अस्तित्व नरहनु भन्दा कसैको रहेको बेस्।'
म अझै चुपचाप रहें।
पुनः धमिलो मधुर आवाज आयो। 'ऊ हिड्नु पूर्व नै म उठेर हिने। ऊ बोल्यो या बोलायो, मैले नसुन्न खोजें। आँखामा अन्तिम तस्बिर पौडिन थाल्यो, तर अन्तिम स्पर्श भने अठ्याउन पाईन।'
अलेली झ्यालतिर मोडिएकी उनी, अनुहार पुरै उता मोडिन। उनलाई थप नियाल्न र केही भन्न सकिन। म सिटमा अढेस लागेँ।
गाडी गन्तव्यमा पुग्न धेरै बेर बाँकी थिएन।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016