निशान फर्फराइदे
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

महेशको जटाटवी ससूत्र बर्बराइदे ।
गरेर ताण्डवी अझै थुरुर्र थर्थराइदे ।
 
त्रिशूलले र भालले सशक्त दर्फ़राइदे ।
खिचेर नाभि दाँतले ...
थिचेर घाँटि हातले ...
परक्क पार् न दुश्मनै र भूमिमा गिराइदे ।
 
जरै थुतून् न जिह्वको कतै नलर्बराइदे ।
डराउने हिसाबले ...
र गोरखा निसाफले ...
म मर्छु देश बाँच्छ यो भनी अझै कराइदे ।
 
बनेर रक्तकालिका चुसेर सत्रु मारिदे ।
नटेक् न वीरका घुँडा ...
समीपमै छ यो खुँडा ...
उठेर हिम्मती बनी उतै घुसेर मारिदे ।
 
बलिष्ट पाउ देशका कतै नलर्खराइदे ।
सिरान उच्च हैममा ...
हिमाल शैल शैलमा ...
बिहान चन्द्र सूर्यको निशान फर्फराइदे ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016