हाम्रो संस्कार रीतिरिवाज चाड पर्व
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

उपजाति
*******
संस्कार पूर्वीय भुली हरायौं ।
यसै हुनाले अति दु:ख पायौं ।।
कृस्तान आए निज देश भित्र ।
हिन्दुत्व नाशेर गरे विचित्र ।।१।।
 
स्रग्विणी
*******
धर्ममा पश्चिमा सभ्यता भित्रियो ।
भव्यता देशको राख्नमा बिर्सियो ।।
के गरी सप्रिने के छ यो ओखती ।
भन्छ को लौन यो चाहियो निश्चयी ।।१।।
पूज्य पूर्वीय संस्कारमा पश्चिमा ।
भित्रिंदा ध्वस्त भो हिन्दुको शुभ्रता ।।
सुस्तरी धर्मको लोप पो हुन्छ कि ।
रीति यो हिन्दुको व्यर्थमा गुम्छ कि ।।२।।
 
भुजङ्गप्रयातम्
*************
हिमाली पहाडी तराई निवासी ।
छ नेपाल हाम्रै सबै हौं स्वदेशी ।।
सबै चाड हाम्रा यहाँका चिनारु ।
नमान्ने विधर्मी बिथोल्ने घिनारु ।।१।।
जनैपूर्णिमा तीज गौरा दशैं हुन् ।
पियारा सबैका असाध्यै छँदै छन् ।।
यहाँ झिञ्झियामा रमेको तराई ।
सबै मित्र हामी नहोस् क्वै पराई ।।२।।
र लोसार हाम्रो छ राम्रो चिनारी ।
अनावृद्ध हामी मनाऊँ विचारी ।।
सबै जात मिल्छौं रमाएर बस्छौं ।
यही फूलबारी सजाएर रम्छौं ।।३।।
ससम्मान बाँचौं रहोस् स्वाभिमान ।
यहाँ पश्चिमा सभ्यता छैन काम ।।
जपौं मन्त्र यस्तै धरामा रमाई ।
उठाएर धर्ती सपारौं समाई ।।४।।
 
मन्दाक्रान्ता
*********
नेपालीका जति पनि यहाँ चाड पर्वहरू छन् ।
जम्मै मान्ने विविध तरिका देखियो बुझिने छन् ।।
नाता देख्छौं सदृश छठिमा झिञ्झिया र तराई ।
गौरा मान्दा प्रमुदित सबै देखिंदैन पराई ।।१।।
अर्का खाले जनम दिनमा ल्याउँछन् केक एक ।
लेखी नक्सा मुटु सरहको काट्न थाले अनेक ।।
भन्छन् ह्याप्पी उस बखतमा "वर्थ डे" देखिँदैछ ।
हाम्रा सारा प्रचलन गए हिन्दुका खाइँदैछ ।।२।।
 
शिखरिणी
*********
भयो चिन्ता ज्यादै प्रिय मुलुकमा धर्म भुलियो ।
विदेशी भित्र्याए अचरित यहाँ पर्व चुलियो ।।
किने यौटा रोटो जनम दिनमा काट्नु छ भनी ।
हियो जस्तै नक्सा त्यस उपरमा चित्रित छ नि ।।१।।
सबै काटे खाए चुटुचुटु गरी निभ्दछ दियो ।
फुके फू फू गर्दै झलमल दियो लक्षण गयो ।।
सिके यस्तो उल्टो नियम किन हो बिग्रिन गयो ।
भने ह्याप्पी ह्याप्पी जनम दिनमा शोक थपियो ।।२।।
कहाँ ह्याप्पी हुन्थ्यो हृदय विचरा रुन्छ धुरुरु ।
भयो छाडौं यस्ता बदनियत भो धर्म हुरुरु ।।
मलामी जन्तीमा पनि विकृति देख्छौं अझ यहाँ ।
हटाऊँ जम्मैले सुमधुर बनोस् हिन्दु छ जहाँ ।।३।।
 
शार्दूलविक्रीडितम्
***************
नेपाली जतिका सबै हृदयमा यौटा म बिन्ती गरूँ ।
हाम्रो राष्ट्रियता अखण्डित रहोस् यै देशमा मै मरूँ ।।
सारा एक बनौं भनौं मुलुक यो साझा छ हाम्रो घर ।
झण्डा फर्फर चन्द्र सूर्य जहिल्यै होस् यै अभीप्सा हर ।।१
 
छन् संस्कार यहाँ विभिन्न थरिका छन् सभ्यता संस्कृति ।
नाशी भुल्न हुँदैन मान्नु छ सयौं त्यागौं सधैं दुष्कृति ।।
यो पूर्वीय परम्परा निगमको राखेर मानौं भर ।
झण्डा फर्फर चन्द्र सूर्य जहिल्यै होस् यै अभीप्सा हर ।।२
 
हाम्रा मौलिक चाड पर्व जतिले हाम्रै चिनारी दिउन् ।
नेपाली जन एकता दृढ बनोस् वैषम्य भुल्ने हउन् ।।
हाम्रा चाड दशैं तिहार छठि औ गौरा मनाऊँ घर ।
झण्डा फर्फर चन्द्र सूर्य जहिल्यै होस् यै अभीप्सा हर ।।३
 
बिग्र्यौं भ्रष्ट भयौं रिवाज भुलियो हिन्दुत्व हाम्रो गयो ।
भन्छन् ह्याप्पि छ "वर्थ डे"जनमको ठोकेर ताली अहो ।।
डेरा गर्छ यहाँ यही विकृतिले भन्दैछ मेरो घर ।
झण्डा फर्फर चन्द्र सूर्य जहिल्यै होस् यै अभीप्सा हर ।।४
 
काटे केक निभ्यो दियो धपधपी बल्दै गरेको थियोे ।
के जन्मोत्सव मानिँदैछ यसरी बत्ती निभ्यो के भयो ।।
बत्ती निभ्न हुँदैन हिन्दु जतिको सत्कार्य गर्दा घर ।
झण्डा फर्फर चन्द्र सूर्य जहिल्यै होस् यै अभीप्सा हर।।५
 
जदौ
~~हृषीकेश बराल पोखरा -२६कास्की गण्डकी प्रदेश ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016