रवि हे ! आऊ न यो देश मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

झुल्की हे रवि ! पूर्व को क्षितिज मा , ल्याऊ न लाली उषा
टल्की हे रवि ! नील यो गगन को , खाऊ न काली निशा
तिम्रा जीवन दायिनी किरण को , खाँचो छ यो रात मा
चीसो रक्त तताउँदै मुलुक को , आऊ न यो प्रात मा
 
तिम्रो रश्मि त स्वर्ण झैँ छ महँगो , पाएन खै देश ले
तिम्रो ताप लिएर गीत - लहरी , गाएन खै देश ले
बाल्दै घाँस - पराल ले युग गयो , आएन तातो दिन
पाल्दै स्वर्णिम - स्वप्न जर्जर भयो , भागेन चीसो दिन
 
जाडो का दिन छन् ठिही छ गहिरो , थर्थर् हुँदो आँत छ
चीसा रात सँगै घना छ कुहिरो , कट्कट् हुँदो दाँत छ
तातो रश्मि छरेर हे रवि ! तिमी , आऊ न यो देश मा
न्यानो राप र ताप ले दश दिशा , छाऊ न यो देश मा
 
नाना छैन कपास छैन तन मा , तातो र गर्मी दिने
खाना छैन र गास छैन मुख मा , ऊर्जा र नर्मी दिने
छाना छैन निवास छैन गतिलो , ए सूर्य यो हेर न
दाना या फलफूल छैन बतिलो , यो दुर्दशा फेर न
 
चीसो निष्ठुर शीत को लहर मा , पस्दो छ नेपाल नै
लाखौं निर्मम रोग को कहर मा , फँस्दो छ नेपाल नै
झर्ला हे रवि ! राप - ताप जहिले , हाँस्ने छ यो हृत्तल
पर्ला उज्ज्वल दृष्टि फेरि जहिले , तात्ने छ धर्तीतल

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016