अब को हाम्रो नेता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कोही स्वार्थी छल कपट को , घोर षड्यन्त्र गर्लान्
देशै लुट्ने अति अगतिलो, पाप - संयन्त्र भर्लान्
हाम्रो नेता सरलतम होस् , किन्तु नौनी नहोस् ऊ
हाम्रो नेता प्रबलतम होस् , किन्तु पानी नहोस् ऊ
 
साझेदारी सँग मुलुक ले , वस्तु उत्पन्न गर्छ
आफ्नै रीति स्थिति प्रकृति ले , देश सम्पन्न बन्छ
हाम्रो नेता न त जटिल होस् ,कर्म गर्ने कुरा मा
हाम्रो नेता न त कुटिल होस् , देश को टाकुरा मा
 
यो माटो मा नभइ नहुने , ओखती छन् उदेक
यै माटो मा विकसित हुने , सम्पदा छन् अनेक
हाम्रो नेता दृढ अटल होस् , उच्च उद्योग खोल्न
हाम्रो नेता अझ अचल होस् , साहसी बात बोल्न
 
शिक्षा यैँ होस् नव प्रविधि को,पढ्न संसार आओस्
यो माटो ले डलर रुपियाँ , ज्ञान द्वारा कमाओस्
हाम्रो नेता विमल मति होस् , कर्मचारी मिलाओस्
हाम्रो नेता सबल गति होस् , रोजगारी दिलाओस्
 
आँखा गाड्ने कतिपय यहाँ छन् ; कुमारी छ धर्ती
साह्रै चोखी विधु - वदन की , झन् किशोरी छ धर्ती
हाम्रो नेता ज्वलित रवि होस् , चिर्न सक्ने अँधेरो
हाम्रो नेता अमित छवि होस् , ऊ नहोस् है चमेरो
 
स्वामी सम्झी पर चरण मा , देश आफ्नो नअर्पोस्
मुट्ठी मा जौ तिल जल लिई , शत्रु लाई नतर्पोस्
हाम्रो नेता कहर नबनोस् , देश का लागि कत्ति
हाम्रो नेता जहर नबनोस् , देश का लागि रत्ती

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016