अभिशप्त पृष्ठहरू
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मानौं एक किताब हो मुलुक यो , पानाहरू छन् शयौं ।
पढ्ने नेत्र दुरुस्त चुस्त नभई , कानाहरू छन् शयौँ ।।
बिग्रेका लिपि झैँ यहाँ सडक छन् , लाग्छन् सधैं दल्दल ।
भत्केका घर झैँ यहाँ टडक छन् , फाल्छन् धुवाँ बादल ।।
 
लेखेका जति छन् निबन्ध तिनमा , छन् शब्द आगन्तुक ।
देखेका जति छन् कथा र कविता , छन् भाव आगन्तुक ।।
आफ्ना मौलिक पद्य नै रचिदिने , उद्योग छैनन् यहाँ ।
छैनन् गद्य सशक्त ती दिल छुने , ती भोग्य छैनन् यहाँ ।।
 
कैयौं पृष्ठ त च्यातिईकन त्यसै , छन् फालिएका यहाँ ।
कैयौं पृष्ठ त फाटिईकन त्यसै , छन् टालिएका यहाँ ।।
लेखेका इतिहास का हर कुरा , सुस्पष्ट - सुस्पष्ट छन् ।
देखेका हर आज का विषय ती , अस्पष्ट - अस्पष्ट छन् ।।
 
धेरै पृष्ठ त राजनीतिमय छन् , जो ती लथालिङ्ग छन् ।
थोरै पृष्ठ विकास का विषय छन् , जो ती भताभुङ्ग छन् ।।
केही पृष्ठहरू प्रशासन सँगै , सम्बद्ध छन् व्यर्थ छन् ।
केही मा मन तृप्त कत्ति नहुने , नेतृत्व का स्वार्थ छन् ।।
 
आओस् पृष्ठ नयाँ लिएर युग को , कोही महामानव !
छाडोस् काव्य - कथा दिएर युग को , कोही महामानव ।।
बेला पर्खिरहेछ आज युग ले , त्यो आँटिलो शक्ति को ।
छाती धड्किरहेछ आज बलिया , सारा युवा व्यक्ति को ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016