अर्पन्छु ती हात मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

होऊ दर्पण स्वच्छ हे सुनयनी ! हेरूँ म आफ्नो छवि
होऊ निर्मल ताल टल्पल तिमी ! हेरूँ म आफ्नै कवि
मैले हेर्नु छ यो मुखाकृति अझै , यो भित्र को चेतना
मैले हेर्नु छ वस्त्र भित्र मुटु को , पीडा र संवेदना
 
तिम्रा नेत्र पवित्र दर्पण बने , देखिन्नथें दुष्ट म
तिम्रा भाव म निम्ति निर्मल बने , देखिन्नथें तुच्छ म
मेरो देह त पाञ्चभौतिक न हो , यै मात्र हेर्छ्यौ किन ?
हेरी देह र अङ्ग फेरि मुखडा , अन्यत्र फेर्छ्यौ किन ?
 
आगै होस् तर भस्म ले पुरिदिए , देखिन्न तेजोमय
स्वर्णै होस् तर धूलि टाँसिन गए , देखिन्न ज्योतिर्मय
उस्तै यो तन मात्र हेरिन पुगे , देखिन्छ छाला नसा
आत्मा मा तम - धूम घेरिन पुगे ,भैदिन्छ झन् दुर्दशा
 
तिम्रा लोचन बाट हेर्दछु स्वयम् , साँच्चै म कामी भएँ ?
योगी हैन पवित्र हैन दिल को , साह्रै हरामी भएँ ?
चश्मा फेर र भित्र हेर न अझै , यो चेतना निर्मल
प्रेमी पागल हो कि छल्छल हुँदो - उत्ताल गङ्गाजल ?
 
मेरा लोचन भित्र देख सपना , नक्षत्र - तारा छुने
तिम्रा निम्ति सधैं समर्पित हुने , सच्चा सहारा दिने
मेरो बज्दछ मन्द मन्द मुरली , सन्ध्या दिवा रात मा
निस्के का हर गीत छन्द - कविता , अर्पन्छु ती हात मा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016