आगो लागिरहोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

हुन् सारा जनता "जनार्दन" भनी,जानें म फुर्क्याउन ।
भान्सा को तर मार्न ; झोल-सुरुवा जानें म सुर्क्याउन ।।
गाली गर्न सराप्न व्यापक सिकें,चिच्याउँदै मञ्च मा ।
जाली थाप्न शिकार गर्न नि सिकें,एकान्त मा अन्त मा ।।
 
नौला ठाउँ पुगी तुरुन्त पहिले,माहोल बुझ्ने बनें ।
के कस्ता जन छन् ; विचार तिनको कस्तो छ जान्ने बनें ।।
एस्ता सीप सिकें ; कलाकुशल भै,सारांश झिक्ने बनें ।
सोही सीप सिकेर यो मुलुक को,सत्ता सँभाल्ने बनें ।।
 
मुट्ठी मा अहिले समस्त जनता,मेरै त छन् आखिर !
मेरै बज्दछ डम्फु यो मुलुक मा,लौ हेर चारैतिर !!
भन्छन् व्यक्ति,ममा असंख्य जनता,झुक्क्याउने शक्ति छ ।
मीठो मेलमिलाप मा विष छरी,टुक्र्याउने शक्ति छ ।।
 
होऊँ रुष्ट कि दुष्ट व्यक्ति म यहाँ,के गर्न को सक्दछ ?
होऊँ भ्रष्ट कि कुष्ठ व्यक्ति म यहाँ,के गर्न को सक्दछ ?
स्वेच्छाचार गरूँ , विनाशक बनूँ,मेरै त हो देश यो !
भ्रष्टाचार गरूँ , अराजक बनूँ,मेरै त हो देश यो !!
 
होऊन् मानिस मूर्ख,किन्तु म बनूँ,धीमान् कि वा बुद्धिमान् ।
होस् नेपाल अपाङ्ग किन्तु म बनूँ,श्रीमान् कि वा शक्तिमान् ।।
आगो लागिरहोस् सधैं मुलुक मा,यो कामना गर्छु म ।
मेरो स्वार्थ अखण्ड भै बढिरहोस् ,यै भावना भर्छु म ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016