आगो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कालो बादल को अनन्त जल मा , खोज्यौं भने अग्नि छ
नीलो सागर को तरङ्ग - तल मा , खोज्यो भने अग्नि छ
माटो मा मल मा र फूल - फल मा , वृक्षादि मा वायु मा
चम्केको हिउँ मा हिमाल - दल मा , खोज्यौं भने अग्नि छ
 
आगो खोजिरहेछु नित्य म यहाँ , बालूँ उज्यालो भनी
आगै रोजिरहेछु यो मुलुक को , कालो म फालूँ भनी
आगो बाट अगाडि बढ्छ दुनियाँ , चम्कन्छ संसार नै
आगो खेल्छ र झेल्छ अग्निमय भै , लम्कन्छ संसार नै
 
इच्छाशक्ति दह्रो भए सृजन मा , सोचाइ मा अग्नि छ
श्रद्धा भक्ति खरो भए नयन मा , हेराइ मा अग्नि छ
चीसो निष्क्रिय चित्त ले मगज ले , सल्कन्न आगो कहीँ
आकाङ्क्षा गहिरो भए हृदय मा , खोजाइ मा अग्नि छ
 
आगो मानिस को सुषुप्त मन को , संस्कार ले जल्दछ
आगो नैतिक चित्त को ज्वलन को , हुङ्कार ले बल्दछ
आगो बल्दछ व्यक्ति को मगज ले , गर्दा चमत्कार नै
खाई अग्नि पचाउने जन महान् , बन्छन् कलाकार नै
 
गीता - वेद - पुराण का महल मा , खोज्यो भने अग्नि छ
लाओत्सू र कुरान - बाइबल मा , खोज्यो भने अग्नि छ
आगो बन्न र स्वर्ण बन्न नसके , के भन्नु बाँचें भनी ?
मीठा शाश्वत गीत मा गजल मा , खोज्यो भने अग्नि छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016