आज को स्याल
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

जो तेल भन्दा पनि हुन्छ चिल्लो
जो चोर्न मा हुन्छ सधैं अघिल्लो
के जन्तु होला ? ल बताइहाल
त्यो हो निकै धूर्त र छुट्टु स्याल
 
आवाज मानौं हुइँयाँ छ उस्को
बानी अचम्मै चुइँयाँ छ उस्को
जो गर्छ निर्माण सधैं बगाल
त्यो हो निकै धूर्त र छट्टु स्याल
 
जो बाघ देख्यो कि सलाम गर्छ
जो स्वार्थ का लागि गुलाम बन्छ
कामै नलाग्ने जुन हो दलाल
त्यो हो निकै धूर्त र छट्टु स्याल
 
बोलाइ भाका जसको छ छुट्टै
टल्कन्छ आँखा जसको बिछट्टै
जो देश मा गर्छ सधैं बबाल
त्यो हो निकै धूर्त र छट्टु स्याल
 
जो हुन्छ हेर्दा रङ - रूप खैरो
कालो पहेंलो कि त हुन्छ कैलो
जो रच्छ षड्यन्त्र र बुन्छ जाल
त्यो हो निकै धूर्त र छट्टु स्याल
 
जो चोर्न छाड्यो कुखुरो र पाठो
जो बन्न थाल्यो सुन चोर्न बाठो
जो देख्छ जग्गा अनि काड्छ र्याल
त्यो हो निकै धूर्त र छट्टु स्याल

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016