आतिथ्य यसरी गरौं है
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

यो साल `पर्यटन वर्ष´ भनी मनाऔँ
थाहा दिऔं खबर चारदिशा फिंजाऔँ
लाबा - अबीर - कण स्वागत मा छरौं है
आतिथ्य , पर्यटक को यसरी गरौं है
 
होस् खास खास सुबिधा जति खोजिइन्छ
होस् गास वास सजिलो जुन रोजिइन्छ
लुट्ने नहोस् मन कदापि सदा डरौँ है
आतिथ्य , पर्यटक को यसरी गरौं है
 
सञ्जाल पाउन सकून् जुन ठाउँ मा नि
होस् ATM शहर मा जुन गाउँ मा नि
आपद् विपद् भय र भोक सबै हरौँ है
आतिथ्य , पर्यटक को यसरी गरौं है
 
सम्मान पूर्वक सधैं भनियोस् नमस्ते
सत्कार खूब गरियोस् उपचार हस्ते
मुस्कान को मधुरता मुख मा धरौँ है
आतिथ्य , पर्यटक को यसरी गरौं है
 
पक्की बनाउन सकौं सब तर्फ बाटो
होस् स्वच्छ फोहर नहोस् न हिलो न माटो
सेवा पुर्याउन अगाडि सधैं सरौँ है
आतिथ्य , पर्यटक को यसरी गरौं है
 
जो आउनन् प्रकृति सुन्दर हेर्न लाई
जो धाउनन् विविध संस्कृति बुझ्न लाई
त्यो निम्ति बुद्धि र कला मुटु मा भरौँ है
आतिथ्य , पर्यटक को यसरी गरौं है

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016