आनन्द भेटिन्छ नै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

रोकी आँशु उहीँ अडिन्छ जहिले , तम्किन्छ यो जिन्दगी
"पीडा" आँशु बनी चुहिन्छ जहिले , चम्किन्छ यो जिन्दगी
पीडा कष्ट सिँढी बनाउन सके , उत्साह बोकी उठे
इच्छाशक्ति बनी चुलिन्छ जहिले , लम्किन्छ यो जिन्दगी
 
जागेमा हर कर्म का विफलता , सौभाग्य निम्त्याउँछन्
लागेमा हर अन्धकार मन का , आभा बनी आउँछन्
ती "आपत्ति विपत्ति" स्वर्ण युग का,आभास हुन् यो बुझौं
तीता ती "पल" भोलि का किरण हुन्,आह्लाद हुन् यो बुझौं
 
आँखा मा सपना लिएर पसिना , पोख्यौं भने ठाउँ मा
ऊर्जा जीवन को पिएर अहिल्यै , दौड्यौँ भने लक्ष्य मा
हट्छन् शूलहरू समस्त पथ का , जानी नजानीकन
फुल्छन् फूल नयाँ समृद्धि सुख का , जानी नजानीकन
 
हिँड्दा लाग्दछ ठेस किन्तु उसमै , बल्झेर को बस्दछ ?
चढ्दा फुल्दछ सास "लक्ष्य" पथ मै , अल्झेर को पुग्दछ ?
चुम्छन् कष्ट सहेर नै हिमचुली , यात्रीहरू यो बुझौं
भाग्छन् दु:ख गरेर नै सकस का , रात्रीहरू यो बुझौं
 
बच्चा बृद्ध युवा समस्त जन मा , वज्रन्छ आपद् विपद्
राजा रङ्क र साधु सन्त सब मा , वर्षन्छ आपद् विपद्
यो जानीकन दु:ख मा डटिरहे , सङ्कष्ट मेटिन्छ नै
आफ्नो धर्म र कर्म मा खटिरहे , आनन्द भेटिन्छ नै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016