आफ्नो संस्कृति सँगै बढ्नुछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

अग्ला उच्च हिमाल छन् र गिरि छन् , सम्मो तराई झनै
आफ्नै छन् शय जात जाति जनता , छैनन् पराई कुनै
छन् भौगोलिक भिन्नता विविधता , यो देश का अङ्ग मा
फुल्दैछन् कति फूल बाग भरि नै , नौला नयाँ रङ्ग मा
 
पन्छी का धुन झैँ शयौं गहकिला , छन् भव्य भाषा यहाँ
नेपाली पहिचान रीति र कला , छन् दिव्य खासा यहाँ
गुम्बा मन्दिर छन् र मस्जिद सँगै , गिर्जाहरू छन् यहीँ
छन् ह्लोसार दशैं तिहार छठ का , ऊर्जाहरू छन् यहीँ
 
छन् प्राचीन परम्परा चलन छन् , छन् मान्यता संस्कृति
मुर्चुङ्गा मुरली र मादल सँगै , छन् लोक का झङ्कृति
कैयौं मूल मिली नदी सरि हुँदै , बग्ने बृहद्धर्म छ
नेपाली मुटु भित्र बुद्ध - शिव को , सच्चा महत्कर्म छ
 
साझा सङ्गम को थलो मुलुक मा , सम्भावना लाख छन्
छन् सन्तान विदेश मा तर यहाँ , रित्ता हुँदा काख छन्
धर्ती स्वर्ण समान छिन् सधन छिन्,छिन् भव्य रत्नोज्ज्वला
साथै पीर अनेक छन् सकस छन् , छन् भोक का शृङ्खला
 
बाजा छन् शय किन्तु बज्छ मधुरो , त्यो एकता को धुन
लाखौं फूल रहून् कुरो छ गहिरो , त्यो सक्छ माला हुन
मायाँ गर्न विभिन्न साधन हुनन् , सद्भावना एक छ
पूजा निम्ति अनेक वस्तु रहनन् , आराधना एक छ
 
आफ्नै संस्कृति सभ्यता सँग उँभो ,बढ्नैछ हामीहरू
राम्रा उच्च विकास का शिखर मा , चढ्नैछ हामीहरू
एकार्का बिच मान आदर दिँदै , कर्तव्य मा फुक्नुछ
आफ्नै दोष विरुद्ध मा गहिरिँदै , गन्तव्य मा पुग्नुछ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016