आमा को व्यथा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

पीडा लाख पचाउँदैछु दिल मा , सन्तान मेरा सुन
तीखा शूल लुकाउँदैछु तन मा , लाग्दैछु रोगाउन
पर्खेको पनि आज कत्ति युग भो , तिम्रो दया पाउन
आएनौ किन हो कुनै जन यहाँ , मेरो सहारा हुन ?
 
मेरो शीर्ष हिमाल माथि अहिले , चम्कन्न हीरा सुन
मेरो कण्ठ पहाड बाट अहिले , निस्कन्न मीठो धुन
छाती हेर उपत्यका जति तिमी , खोकी दमायुक्त छन्
मेरा पाउ मधेश मा पनि उनै,पीडा - व्यथा व्याप्त छन्
 
गाला हेर मुजा-मुजा वदन को , के हेर्नु खै दर्पण
साडी हेर धुजा-धुजा छ तन को , गुम्दो छ आकर्षण
बग्छन् आज नसा नदी जहर का , नाला बनी देह मा
हाँसो छैन मुहार मा नयन मा , चीत्कार छन् गेह मा
 
ए छोरा ! अब दु:ख हेर न छिटो , केही दबाई गर
ए छोरी ! अब कष्ट फेर न छिटो , यो घाउ केही भर
धेरै आर्जन मा डुब्यौ सुन भर्यौ ,अर्बौं कमायौ धन
मीठा भोजन मा रम्यौ र जननी भोकी बनायौ किन ?
 
लाखौं औषधि छन् तथापि म यहाँ , बाँच्दैछु रोगी भई
खानी छन् जल छन् अदम्य बल छन् , माग्दैछु जोगी भई
बल्केको छ जहाँतहाँ वदन मा , झन् घाउ आलो बनी
लाजै मर्नु छ अन्धकार कति हो , बल्दो दियालो मनि ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016