उठ्दैन माटो उँभो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

दाबी गर्छ छिमेक आँगन छिरी , गाडेर झण्डा भने
नाङ्गै गर्दछ नाँच ऊ फिरिफिरी , पेलेर डण्डा भने
के हेर्ने चुपचाप हो र घर का , मूलीहरू थुप्रिई ?
के बन्ने असहाय हो र हर का , हड्डीहरू कुप्रिई ?
 
कैले छिर्छ यता र खन्दछ भुईं , आफ्नै इलाका सरि
कैले पिर्छ उता र बन्दछ उही , दाता विधाता सरि
ऊ नै खन्दछ कूप फेरि त्यसमा , लग्ने धकाल्ने उही
डोरी लिन्छ उही सहायक बनी , तान्ने निकाल्ने उही
 
एस्तो रीति हटाउने प्रण सुन्यौं , गद्गद् भयौं तत्क्षण
गोली झैँ अति तेजिलो मत दियौं , आनन्द मानीकन
सारा सोच विचार धूमिल भए , ती स्वप्न हावा भए
एस्तो लाग्दछ राष्ट्र भक्ति अहिले , मेवा - पुवा नै भए
 
कस्ता व्यक्ति पुर्याइयो सदन मा , लाजै भयो आज त
घोच्दैछन् सब देश को वदन मा , लाजै भयो आज त
संसारै भरि देश को शिर झुक्यो , नेतृत्व खस्दा तल
नेपाली गरिमा र गौरव गिर्यो , नेतृत्व बन्दा खल
 
सत्ता शासन शक्ति को मद पिई , उन्मत्त बन्नेहरू !
आफ्नो उच्च विचार नै बदलिई , गन्तव्य भुल्नेहरू !
खेती मा जल - खाद औषधि विना , लाग्दैन राम्रो गुभो
गर्नू याद सदैव यो किसिम ले , उठ्दैन माटो उँभो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016