ऊर्जा बनोस् काव्य यो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

को रोक्ला यसरी अजस्र कविता,उम्लेर आयो भने
को छेक्ला यसरी विचित्र छहरा,झन् छङ्छङायो भने
यी मेरा कविता असीम दुख का , नारायणी भेल हुन्
साथै जाल र झेल हुन् मुलुक का, षड्यन्त्र का खेल हुन्
 
यी मेरा कविता उदास मन का ,सङ्गीत हुन् गीत हुन्
नेपाली मुटु भित्र छल्किरहने,नेपाल का प्रीत हुन्
मेरा यी कविता सँगै जनक ले,वाल्मीकि ले गाउँछन्
खोल्छन् भव्य गला कला हृदय को,सङ्गीत घन्काउँछन्
 
खोज्छन् बुद्ध सधैं दया र करुणा-सन्देश यो देश मा
सोध्छन् व्यास मनुष्यता हृदय मा,संस्कार मा भेष मा
मीठा स्वप्न शहीद का जति थिए,साकार छैनन् कुनै
पुर्खा को गरिमा प्रतिष्ठित हुने,आधार छैनन् कुनै
 
यी मेरा कविता फुलाउन सकून्,सद्भाव को चेतना
मान्छे मा नव-सिर्जना दिन सकून् या तीव्र संवेदना
बास्ना छर्न सकून् अनेक मन मा,नेपाल को भक्ति को
ऊर्जा भर्न सकून् युवा रगत मा,सत्कर्म को शक्ति को
 
एस्तो देख्न मिलोस् समृद्धि पथ का,बाधा-तगारा खुलून्
एस्तो लेख्न मिलोस् यहाँ प्रगति का,नक्षत्र सारा झुलून्
होऊन् यी कविता हतास मन का,उत्साह - सञ्जीवनी
होऊन् देश सँगै समस्त जनता , सत्साधना का धनी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016