कर्मवीर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

सत्सङ्कल्पी दृढ कलम ले भाग्य लेख्नेहरू नै
यै माटो मा सुन मणि मुगा भव्य देख्नेहरू नै
हुन्छन् चर्का प्रखर हृदयी गर्बिला कर्मवीर
बन्छन् ती नै समर विजयी दर्बिला कर्मवीर
 
टारी जोती जलमल गरी फूल रोप्नेहरू नै
ढुङ्गा फोरी छलछल नदी मूल खोल्नेहरू नै
आफ्नै नौला सृजन - बल ले बन्दछन् कर्मवीर
आफ्नै नङ्ग्रा श्रमिक फल ले बन्दछन् कर्मवीर
 
आजै गर्ने गतिविधिहरू आज सम्पन्न गर्ने
गर्नै पर्ने प्रति - कृतिहरू शीघ्र उत्पन्न गर्ने
कस्तै कर्रो श्रम किन नहोस् गर्दछन् कर्मवीर
जस्तै गाह्राे विकट पथ होस् बढ्दछन् कर्मवीर
 
चिन्छन् आफ्नो बल रगत को ती कुनै दास हुन्नन्
निल्छन् आगो ज्वलित बिजुली ती चिसा सास हुन्नन्
हुन्छन् सच्चा अतुल गतिमान् तेजिला कर्मवीर
बन्छन् साँच्चै विपुल मतिमान् चम्किला कर्मवीर
 
देखी बाधा भय र खतरा बाट जो आत्तिंदैनन्
पाई ठूलो विजय गरिमा बाट जो मात्तिंदैनन्
ती मान्छे नै हर मुलुक मा बन्दछन् कर्मवीर
चौडा बाटा हर किसिम का खन्दछन् कर्मवीर

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016