कालापानी लिपुलेक
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कालापानी लिपुलेक , हरे फेला पर्लास्
हामी माथि जबर्जस्ती , गरे फेला पर्लास्
 
ठूलो भई साना लाई , हेपी - चेपीकन
नीच - कर्म गरी तल , झरे फेला पर्लास्
 
हाम्रो साहस सामु तेरो , बम बारुद हो माटो
लिम्पियाधुरा महाकाली , तरे फेला पर्लास्
 
तेरा साँढे उतै चरून् , उतै लडून् मरून्
एता आई खेतीपाती , चरे फेला पर्लास्
 
नजिस्क्या तँ नचला तँ , गोर्खाली को अहम्
आतङ्क को रक्तबीज , छरे फेला पर्लास्
 
आई लाग्ने माथि मात्रै , जाई लाग्छौं हामी
तेरो छाती चिर्न पाइला , सरे फेला पर्लास्
 
नबुझेका कहाँ छौँ र , तेरो गिद्धे दृष्टि ?
नदी नाला माथि दागा - धरे फेला पर्लास्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016