कृतज्ञता - ज्ञापन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

आमा को शुभ कोख कोमल दियौ , मायाँ दियौ निर्मल
बाबा को प्रिय काख उज्ज्वल दियौ , छायाँ दियौ शीतल
मीठो बालपना दियौ सुख दियौ , साथै दियौ यौवन
यो कर्जा कसरी तिरूँ म शिवजी ! साँच्चै तिमी नै भन
 
छाना वास दियौ दयामय बनी , बाबा पियारा दियौ
खाना खास दियौ सुधा रसमयी , माता सहारा दियौ
फेर्ने सास र हेर्न लोचन दियौ , तीखो दियौ चेतन
यो कर्जा कसरी तिरूँ म शिवजी ! साँच्चै तिमी नै भन
 
सुन्ने कान दियौ चपाउन दियौ , दन्तावली सुन्दर
सुँघ्ने नाक दियौ समाउन दियौ , ई अङ्गुली अब्बल
बुझ्ने बुद्धि दियौ दह्रो मुटु दियौ , साथै दियौ यो मन
यो कर्जा कसरी तिरूँ म शिवजी ! साँच्चै तिमी नै भन
 
सग्ला हात दियौ र पाउ बलिया , राम्रा दियौ क्या दियौ
सारा स्वस्थ नसा दियौ अनि त्वचा,चाम्रा दियौ क्या दियौ
साङ्गोपाङ्ग शरीर अद्भुत दियौ , प्यारो दियौ जीवन
यो कर्जा कसरी तिरूँ म शिवजी ! साँच्चै तिमी नै भन
 
उल्का तीव्र - तुफान बाट कहिले , छेकेर रक्षा गर्यौ
बाढी वज्र तुषार ताप बिख नै , रोकेर रक्षा गर्यौ
भूकम्पीय प्रहार रोग विपदा , छेकी बँचायौ तन
यो कर्जा कसरी तिरूँ म शिवजी ! साँच्चै तिमी नै भन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016