कोइली प्रश्न गर्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

सिस्नो घारी , कष्ट का साथ फाँडी
सुख्खा टारी , स्वेद सिञ्चेर छाडी
बेर्ना रोप्यो स्वप्न को ; फेरि मर्छ
के भो ? के भो ? कोइली प्रश्न गर्छ
 
बत्ती बाल्यो , खै उज्यालिन्न पाटो
वर्षौं वर्षौं , कत्ति टालिन्न बाटो
जिम्मा बोक्ने , व्यक्ति सिल्ली ठहर्छ
यै मौका मा , कोइली प्रश्न गर्छ
 
पानी बर्ष्यो , खै रसाउन्न मूल
यौटै मीठो , खै बसाउन्न फूल
फल्ला भन्दा , झन् कुही पात झर्छ
के भो ? के भो ? कोइली प्रश्न गर्छ
 
रोप्यो गोड्यो , कत्ति फल्दैन बाली
भोको प्यासो , मात्र देखिन्छ थाली
गर्ने जो हो , ऊ सधैं स्वार्थ भर्छ
के भो ? के भो ? कोइली प्रश्न गर्छ
 
फुल्ला भन्ने , व्यर्थ हो यो उनायो
के झुल्ला खै,प्याउली को मुना यो ?
साँढे को यो , हूल चौतर्फ चर्छ
के भो ? के भो ? कोइली प्रश्न गर्छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016