कोट
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मीठो आइरहेछ याद अहिले , त्यो सक्कली कोट को
तिम्रो भव्य अठोट को र गहिरो , छाया दिने बोट को
जो आए नि अटाउँथे सहज मै , त्यो छत्र - छायाँ मुनि
जो आए नि रमाउँथे हृदय को , त्यो शुद्ध मायाँ पिई
 
छाम्थ्यो धड्कन कोट ले हृदय को , पोखेर सञ्जीवनी
थाम्थ्यो शीत र ताप - चाप मुटु को , सर्वौषधी नै बनी
तिम्रो कोट म सम्झँदै छु अहिले , ताजै छ छायाछवि
त्यो सम्झीकन एक चारु - रचना , रच्दैछ मेरो कवि
 
आँधी - व्याधि सहेर कोट उहिले , छानो दिने गर्दथ्यो
जाडो तीव्र खपेर कोट जहिले , न्यानो दिने गर्दथ्यो
त्यो बाक्लो मजबूत कोट उहिले , के निम्ति मा फालियो
एस्तो यो कमजोर कोट अहिले , के निम्ति मा हालियो ?
 
प्वालै प्वाल छ कोट टाल्नु कसरी ? टालिन्छ होला त खै ?
भ्वाङै भ्वाङ छ कोट थेग्नु कसरी ? थेगिन्छ होला त खै ?
दर्जी छैन सिलाउने किन यहाँ ? कोही त केही भन
कोही छैन मिलाउने किन यहाँ , मायाँ हुने सज्जन ?
 
टाढा को इतिहास भैकन गयो , त्यो कोट राम्रो थियो
व्यर्थै को परिहास भैकन रह्यो , यो के भयो के भयो ?
सच्चा कोट तयार होस् अब नयाँ , तातो र न्यानो दिने
छायाछत्र दिने विपद् हरिलिने , दानो र छानो दिने

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016