खाँचो परेको छ चरित्रता को
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

फस्टाउँदो भौतिकता छ आज
दुब्लाउँदो नैतिकता छ आज
नचाहिने तत्त्व छिराइँदो छ
मनुष्य को मूल्य गिराइँदो छ
 
न वेद - शिक्षा न त नीति - शिक्षा
न छन् कुलाचार न रीति - शिक्षा
छन् आज विद्यालय मात्र धेरै
जन्माउँछन् मात्र कुपात्र धेरै
 
स्वधर्म के हो पर धर्म के हो
सुधर्म के हो र कुधर्म के हो
त्यहाँ सिकाइन्न दया - अहिंसा
तसर्थ उत्पात छ जीव - हिंसा
 
पढाइ चर्को छ चरित्र छैन
गराइ को भाव पवित्र छैन
माता पिता को न गरिन्छ सेवा
अशक्त लाई न दिइन्छ मेवा
 
त्यहाँ न वेदाध्ययनै गरिन्छ
न मन्त्र को सञ्चय नै गरिन्छ
सिकिन्न पौराणिक सत्य केही
जानिन्न आध्यात्मिक तत्त्व केही
 
न योग विद्या न छ मन्त्र विद्या
न आत्म विद्या न छ तत्त्व विद्या
छ भोग - विद्या उपयोग - विद्या
छ मात्र आफ्नै उपभोग विद्या
 
खाँचो परेको छ चरित्रता को
सद्भावना को र पवित्रता को
सत्यम् शिवम् को अनि सुन्दरम् को
खाँचो छ सद् ब्रह परात्परम् को

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016