खूब माग्नू
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

स्वामी सामु झुकेर माग्न नसके , के काम भो दास को
स्वामी को अनुहार ताक्न नसके , के काम भो दास को
स्वामी का अघि पाउ थर्थर हुनन् , सुक्ला गला ओठ नै
राख्नू हिम्मत बल्ल ती वर दिनन् , माग्नू नयाँ कोट नै
 
झुप्रो छाउन कत्ति शेष छ भनी , माग्नू सकेमा टिन
भित्तो पोत्न चुनासुना पनि लिनू , पर्दैन है आत्तिन
चूल्हो पोत्न र लिप्न आँगन पिँढी , माग्नू तिमी गोबर
बाटो खन्न र पुर्न खाडलहरू , बन्नू उनै निर्भर
 
मागे मिल्दछ राज्य भन्छ दुनियाँ , माग्ने कुरा हो महान्
तिम्रा लागि त काम हैन बलवान् , थाङ्ने कुरा हो महान्
माग्नू दाल र भात निम्ति टपरी , माग्ने त हो आखिर
माग्नू छेक्न त्रिपाल छोप्न छपरी , माग्ने त हो आखिर
 
मागेको कति वर्ष भो नगन है , यो काम लाग्ने कुरा
छोरा नाति सँगै बसी नभन है , यो लाज लाग्ने कुरा
माग्ने सीप विशेष सिक्नु छ अझै , सन्तान लाई दिन
बाँकी शान र मान बेच्नु छ अझै , सन्तान लाई दिन
 
माग्ने काम समान उच्च तह का , उद्योग हुन्नन् अरू
माग्ने शिल्प कला समान बल का , सत्कार्य हुन्नन् अरू
यो जानीकन माग्नु पर्छ जहिले , लज्जा पचाईकन
स्वामी को मुख ताक्नु पर्छ पहिले , आँखा बचाईकन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016