खेती त यो पो महान्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

खेती गर्नु त गर्नु यो किसिम को , जो मान सम्मान होस्
अग्लो बन्नु त बन्नु यो किसिम को,जो मञ्च मा शान होस्
घाटा को व्यवहार हुन्न कहिल्यै , खेती त यो पो महान्
चल्ती युक्त बजार हुन्छ जहिल्यै , खेती त यो पो महान्
 
सत्ता का हर खेत मा चहुर मा , लुच्चोपना रोपियो
त्यो लुच्च्याइँ फल्यो र उच्च तह का , मौकाहरू छोपियो
आफ्नो नैतिक धर्म बन्धक गरी , सद्भाव सिद्ध्याइयो
आफैं बेचिइँदै विधर्म लिइयो , दुर्भाग्य भित्र्याइयो
 
सत्ता केन्द्रित राजनीति गरियो , चौका पर्यो हानियो
ठूलो मा पनि सर्वमान्य परियो , मौका मिल्यो तानियो
सारा चौपट पारियो जति थिए , उद्योग - धन्दाहरू
अर्बौं - अर्ब थुपारियो जन सँगै , मागेर चन्दाहरू
 
मान्छे गोरु बनाइयो कति यहाँ , कोही बनायौं हली
खाडी तर्फ धपाइयो कति युवा , कोही बनायौं छली
खेती खूब फुल्यो फल्यो मुलुक मा , जोते विना नै हलो
दाईँ खूब गर्यौं मिल्यो सफलता , पोते विना नै खलो
 
हाम्रो खेत विना हिलो मल धुलो , सप्रन्छ बाली निकै
हाम्रै हुन्छ विभाग मा र पद मा , हालीमुहाली निकै
अन्त:शुल्क बुझाउँदो छ जनता , त्यो हुन्छ हाम्रै धन
किन्छौं लाख करोड का महल या , गाडी तथा वाहन
 
बाढी को डर हुन्न जान्न पहिरो , खेती त यो पो महान्
लाभ्रे रोग हुँदैन हुन्न धमिरो , खेती त यो पो महान्
वर्षा होस् कि नहोस् समस्त ॠतु मा,हल्कन्छ मल्कन्छ यो
खेती भव्य छ स्वर्ण झैँ रजत झैँ , झल्कन्छ टल्कन्छ यो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016