चाँडै यहाँ पाल्नुहोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

खेल्ने हो हिउँ का महा - शिखर मा , हाँसी रमाईकन ?
सुत्ने हो सुख ले नदी - बगर मा , मस्ती जमाईकन ?
छुट्टी एक मिलाउनोस् तय गरी , गन्तव्य सम्हाल्नुहोस्
हो नेपाल सुरम्य स्वर्ग नगरी ; चाँडै यहाँ पाल्नुहोस्
 
हेर्ने छैन र चाहना कलकली , झर्ना झरेका शयौं ?
देख्ने छैन र चाहना हरिण औ अर्ना चरेका शयौं ?
छाती जो छ फलाम झैँ अब नहोस्,त्यो मैन झैँ गाल्नुहोस्
हो नेपाल सुरम्य स्वर्ग नगरी ; चाँडै यहाँ पाल्नुहोस्
 
कैयौं वन्य निकुञ्ज छन् गहकिला , नीला नदी ताल छन्
गैंडा बाघ बँदेल भालु मृग का , क्या मोहिनी चाल छन्
एस्ता प्राकृत दृश्य हेर्न अहिल्यै , उफ्रेर हाम्फाल्नुहोस्
हो नेपाल सुरम्य स्वर्ग नगरी , चाँडै यहाँ पाल्नुहोस्
 
बाँडेथे उपदेश बुद्ध - शिव ले , त्यो भूमि नेपाल हो
हाँकेथे अधिराज्य ती जनक ले , त्यो भूमि नेपाल हो
त्यो हाम्रो इतिहास जान्नुछ भने , अज्ञानता फाल्नुहोस्
छुट्टी एक मिलाउनोस् अब छिटो , नेपाल मा पाल्नुहोस्
 
अग्लो स्वच्छ पहाड को सरसिलो , छायाँ नयाँ पाउन
सम्मो फाँट मधेस को चहकिलो , मायाँ नयाँ लाउन
नेपाली मन बुझ्न पाउ दुइटा , हल्का गरी चाल्नुहोस्
हो नेपाल सुरम्य स्वर्ग नगरी , चाँडै यहाँ पाल्नुहोस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016