चाहन्छु यैँ फर्कन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

आएको छु बिदा लिई अवनि मा , छुट्टी मनाऊँ भनी
हेरूँ दृश्य घुमूँ भनी दश दिशा , नौ लाख तारा मनि
ए झर्ना ! फलफूल ! ए हिमचुली ! आनन्द देओ न है
मेरो ढुक्ढुक मा विचार गतिमान् , स्वच्छन्द देओ न है
 
हज्जारौं कविताहरू मुलुक मा , छाडेर जानेछु म
छाला दुष्कृति का र खाल दल का , काढेर जानेछु म
माटो को ममता लिएर दिल मा , मर्नेछु यैँ जन्मन
पूजा भक्ति सदैव कृष्ण - पद मा , गर्नेछु यैँ जन्मन
 
छन् मेरा पनि लाख दुर्गुणहरू , चाहन्छु ती नाशियून्
छन् तीता र विषाक्त बैगुनहरू , चाहन्छु ती मासियून्
लोभी चित्त छ काम भाव छ म मा,ती ऊर्ध्वगामी बनून्
कप्टी सोच छ रीस राग छ म मा, ती अग्रगामी बनून्
 
मायाँ को छ बहाव निर्मल म मा , छोडेर जानेछु म
रागद्वेष घृणा छ दुर्बल म मा , तोडेर जानेछु म
स्वार्थी बुद्धि छ पाप छन् हृदय मा , ती सिर्जनायुक्त हून्
दोषी दृष्टि छ दाग छन् नयन मा , ती कामनामुक्त हून्
 
आफ्ना उत्तम कर्म का बिउ यहाँ , रोपेर जानेछु म
चम्केका इतिहास अक्षरहरू , खोपेर जानेछु म
वर्षा को जल झैँ सुशीतल बनी , चाहन्छु यैँ दर्कन
जाओस् सागर मा नदी ; घन बनी , चाहन्छु यैँ फर्कन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016