छोरी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

गाडी गुडाउँछन् छोरी , देश - देश घुमीकन
यान उडाउँछन् छोरी , अन्तरिक्ष चुमीकन
 
बालेर ज्ञान को ज्योति , प्रकाश छर्दछन् उनै
उनेर सीप को मोती , विकास गर्दछन् उनै
 
गाउँछन् कोइली जस्तो , गला खोलेर अद्भुत
छाउँछन् विश्व मा आफ्नो , कला घोलेर अद्भुत
 
हिमाल चढ्दछन् छोरी , पहरा फोर्दछन् उनै
संसार पढ्दछन् छोरी , योजना कोर्दछन् उनै
 
को मुग्ध हुन्न देखेर , तिनको दिव्य नर्तन ?
उनको स्निग्ध मायाँ ले , को हुन्न परिवर्तन ?
 
सत्ता शासन मा छोरी , छन् हदै सम्म अब्बल
अनुशासन मा छोरी , हुँदैनन् कत्ति निर्बल
 
छोरी छन् ज्ञान विज्ञान , शस्त्र निर्माण मा उनै
छोरी छन् ध्यान सन्धान , शास्त्र निर्माण मा उनै
 
सेना या प्रहरी मा छन् , छोरी वीराङ्गना कति
हुन् उनै भृकुटी सीता , छोरी देवाङ्गना कति
 
आँधी मा छन् उनै छोरी , दु:ख मा शोक मा उनै
व्याधि मा छन् उनै छोरी , रोग मा भोक मा उनै
 
वेदना बुझ्दछन् छोरी , घर को परिवार को
सहारा बन्दछन् छोरी , दुखेको घर - द्वार को

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016