जनता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

पैलो चुनाव मा खम्बा , दोस्रो मा तार हालियो ।
विकास गर्न तेस्रो मा , के निम्ति बार हालियो ?
 
कर ले सेकियो ढाड , जनता कुप्रिनेे गरी ।
हरेक कार्यकर्ता का , घर मा कार हालियो ।।
 
बेची उद्योग कौडी मा , बनेर परनिर्भर ।
देश को अस्मिता लाई , खाँदी अचार हालियो ।।
 
फुक्नुपर्ने थियो प्राण , ढुङ्गा का मूर्ति मा यहाँ ।
देश मा जिन्दगी हैन , मलामी घार हालियो ।।
 
नारा घन्काइयो चर्को , सुख - समृद्धि को सधैं ।
समृद्धि निम्ति के कस्ता , दृढ आधार हालियो ?
 
सपूत मारियो कैयौं , क्रान्ति का नाम मा यहाँ ।
भई निर्लज्ज घाँटी मा , फूल का हार हालियो ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016