जन्म कृतार्थ पार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

प्रसुप्त अव्यक्त छ चेतना यो
अस्पष्ट अज्ञात छ भावना यो
अन्तर्व्यथा छन् र त भन्छु ऐया
ती भाव पोखूँ कसरी कह्नैया ?
 
म भित्र छन् राग र रोष कैयौं
सुषुप्त छन् दाग र दोष कैयौं
ती खोज्नु पर्नेछ कहाँ कहाँ छन्
निकाल्नु पर्नेछ जहाँ जहाँ छन्
 
पढेर खै रागहरू गएनन्
लोभादि षट् चिह्न सफा भएनन्
सप्ताह पारायण ले भएन
गीता र रामायण ले गएन
 
मिले कृपा श्रीधर बाट होला
उनै दया - सागर बाट होला
कामादि द्वारा म छु जेलिएको
छु बेलिएको अनि पेलिएको
 
तसर्थ तिम्रो परिपुष्ट भक्ति
कैङ्कर्य सेवा अथवा प्रपत्ति
दिलाउँदै सत् महिमा अपार
पिलाउँदै जन्म कृतार्थ पार
 
त्यो निम्ति हे कृष्ण ! कृपा म पाऊँ
तिम्रै महत् - कीर्ति सदा म गाऊँ
बजाइदेऊ लयबद्ध तार
अभ्यर्थना गर्दछु बारबार

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016