जीव लाई ईश्वर को आग्रह
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मेरो महान् अंश र रूप हौ तिमी
सत् चित् र आनन्द - स्वरूप हौ तिमी
जन्मी धरा मा मह झैं रसाउनू
म सामु आदर्श बनेर आउनू
 
जे काम का लागि तिमी झरेथ्यौ
त्यो पूर्ण गर्ने प्रण जो गरेथ्यौ
सम्झेर दायित्व सबै निभाउनू
म सामु आदर्श बनेर आउनू
 
संसार माया - मद ले छ मण्डित
अज्ञानता को अघ ले छ दण्डित
एस्ता शयौं दोषहरू भगाउनू
म सामु आदर्श बनेर आउनू
 
अशुद्ध हावा छ अशुद्ध पानी
अशुद्ध तिम्रो व्यवहार बानी
सम्पूर्ण ई शुद्ध तिमी गराउनू
म सामु आदर्श बनेर आउनू
 
मस्जीद या मन्दिर - प्रार्थना घर
विहार हुन् या गुरुद्वार सुन्दर
सद्भाव मीठो इनमा जगाउनू
म सामु आदर्श बनेर आउनू
 
खाऊँ म बाचूँ अरु जे गरी रहून्
गाऊँ रमाऊँ अरु चैँ मरी रहून्
एस्तो असद्भाव कसै नलाउनू
म सामु आदर्श बनेर आउनू
 
नारीहरू को मुटु मा छ शूल
गड्दोछ मानौं तन मा त्रिशूल
अङ्गार जल्दो दिल को निभाउनू
म सामु आदर्श बनेर आउनू
 
अघ=पाप

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016