जीवन सङ्घर्ष
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

बाधा छन् पथ मा भनी पथिक को , गन्तव्य मोडिन्छ र ?
रैछन् कष्ट भनेर धीर मन को , सङ्कल्प छोडिन्छ र ?
प्यासी चित्त भयो भने कदम मै , गन्तव्य भेटिन्छ है
दूरी सिन्धु र बिन्दु बीच जति होस् , सर्लक्क मेटिन्छ है
 
को भेट्ला सुख-शान्ति को मधुरिमा , पीडा न झेलीकन ?
को मेट्ला मन को असीमित तृषा , आगो न खेलीकन ?
काँडा बीच फुलेर पुष्प दल ले , सन्देश के छर्दछन् ?
खप्नै पर्दछ दु:ख - कण्टकहरू , मानौं यही भन्दछन्
 
आँटी मानिस पढ्दछन् समय का ,प्रत्येक पानाहरू
लाछी हर्दम हट्दछन् पछि पुनः , खोज्छन् बहानाहरू
ती कोलम्बस हुन् अनन्त तिर को , यात्रा गरी जो गए
चिर्दै छाल ; समुद्र भित्र विपदा , बाधा तरी जो गए
 
आशा को लहरो समात्न न भुलौं , यो जिन्दगी आश होस्
जिज्ञासा मन मा उमाल्न न भुलौं , यो जिन्दगी प्यास होस्
आगो निल्नु पर्यो भने पनि यहाँ , निल्दै बढौं झन् अघि
आँधी झेल्नु पर्यो भने पनि यहाँ , झेल्दै बढौं झन् अघि
 
घोडा मा यदि चढ्छ मानिस भने , हो लड्नु स्वाभाविक
गोडा मा भर पर्छ मानिस भने , हो बढ्नु स्वाभाविक
यो संसार लडाइँ हो गजब को , जो लड्छ ऊ जित्दछ
जो लड्दैन, अनर्थ भैकन त्यसै , यो जिन्दगी बित्दछ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016