जुटौं महान् लक्ष्य लिएर भाइ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

यो जिन्दगी खान र बाँच्न हैन
उत्ताउलो भैकन नाच्न हैन
दियो बनौं उज्ज्वल जग्मगाई
जुटौं महान् लक्ष्य लिएर भाइ !
 
यहाँ चमत्कार यसै गरिन्न
महान् कलाकार यसै बनिन्न
त्यो निम्ति होस् हाड नसा कसाइ
जुटौं महान् लक्ष्य लिएर भाइ !
 
भूकम्प आओस् कि त उग्र आँधी
तुषार वर्षोस् कि त वज्र व्याधि
हिँडौँ सधैं पाउ उँभो बढाई
जुटौं महान् लक्ष्य लिएर भाइ !
 
कोही बनौं शिक्षक शिल्पकार
कोही बनौं लेखक पत्रकार
सकिन्छ वैज्ञानिक बन्न लाई
जुटौं महान् लक्ष्य लिएर भाइ !
 
माली बनी देश सिँगार्न सक्छौं
समृद्धि को द्वार उघार्न सक्छौं
बनौं सिपाही कि किसान दाइ
जुटौं महान् लक्ष्य लिएर भाइ !
 
कुनै बनौं अद्भुत मूर्तिकार
कुनै अनौठो चल - चित्रकार
बाँचौँ सुनौला सपना सजाई
जुटौं महान् लक्ष्य लिएर भाइ !
 
नेतृत्वशाली हुनुपर्छ मान्छे
अस्तित्वशाली हुनुपर्छ मान्छे
हीरा मुगा स्वर्ण बनौं तपाई
जुटौं महान् लक्ष्य लिएर भाइ !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016