जून छ टिप्नु पर्ने
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

ती बाहिरी दीप जलेर के भो ?
खम्बाहरू धप्प बलेर के भो ?
छन् देश का कक्षहरू अँधेरा
सम्पूर्ण छन् पक्षहरू अँधेरा
 
जाऊँ म जापान यही त जान्छ
जाऊँ म ओमान यही त जान्छ
आशा अपेक्षा छ जले बलेको
नैराश्य मात्रै छ फुले फलेको
 
छन् नेत्र मा उज्ज्वल सूर्य तारा
गुड्छन् सुनौला सपना सितारा
खै कुन्नि के ले छ अँधेरिएको
कालो घना मेघ छ घेरिएको
 
तारा छुने चाह छ तालिएको
जञ्जीर ले पाउ छ जेलिएको
सञ्जाल उस्तै छ र माफिया छ
सर्वत्र नै देश छिया - छिया छ
 
चीत्कार सुन्दैछु चिताहरू को
पुर्खाहरू को र पिताहरू को
यो के भयो ? गौरव को छ आश
चारै दिशा रौरव को छ वास
 
डाँडाहरू च्यात्नु छ घाम हेर्न
दारिद्र्य को पूर्ण - विराम फेर्न
निष्ठा नयाँ बोक्नु छ अग्रगामी
तत्काल नै बन्नु छ उर्ध्वगामी
 
आकाश को जून छ टिप्नु पर्ने
सद्भाव को फूल छ खिप्नु पर्ने
यो जाति त्यो जाति सबै मिलेर
सत्प्रेम ले भूमि छ लिप्नु पर्ने

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016