झुसिल्किरो पुतली बन्दा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कस्तो नराम्रो म झुसिल्किरो थिएँ
पोल्ने छुँदा नै झुसिलो पिरो थिएँ
गर्थेँ सधैं मौन बनेर ध्यान म
रङ्गीन बुन्थेँ सपना बिहान म
 
सङ्लो सफा सुन्दर सोच गर्दथेँ
मस्तिष्क मा शुद्ध विचार भर्दथेँ
हिंड्दै गरेको पथ बाट खस्छु कि
भन्दै र डर्दै म अगाडि सर्दथेँ
 
बित्दै गयो काल जसै निरन्तर
आए पलाईकन प्वाँख सुन्दर
खुल्दै गए नेत्र मुहार लालिमा
हट्दै गए दोष र दाग कालिमा
 
सक्ने भएँ उड्न म फूल - बाग मा
भुल्ने भएँ झन् रस मा पराग मा
देखी मलाई सब फूल हाँस्दछन्
हावा सँगै मस्त बनेर नाच्दछन्
 
चम्पा चमेली हर फूल चुम्छु म
बेली गुहेँली वन भित्र घुम्छु म
मस्ती जमाएँ पुतली बनीकन
साँच्चै रमाएँ म फुली - फलीकन
 
आकाश को फूल यहाँ कुनै छ र ?
सङ्घर्ष ले के नहुने रहेछ र ?
यो सत्य जानौं र चढौँ उँचाइ मा
होऔँ समुत्तीर्ण जुनै जँचाइ मा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016