तीतो करेली रस दिन्छु मित्र
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

न बुद्धि विद्या न छ सीप केही
न त्याग ले दीप्त छ दीप केही
कला अनौठो कसरी भरूँ म ?
गला सुरीलो कसरी गरूँ म ?
 
न छन्द राम्रो न छ राग राम्रो
न रूप राम्रो न पराग राम्रो
न छन् अलङ्कार न साजसज्जा
होस् के गरी काव्यिक मोजमज्जा ?
 
न प्रीति पाएँ न त गीत गाएँ
न स्वादिलो सुन्दर मीत लाएँ
गरूँ म के ले रस - राग वर्षा ?
सद्भक्ति सद् ज्ञान विराग वर्षा ?
 
न स्वच्छ पानी न छ रत्न मोती
न मिष्ठ वाणी न छ धप्प ज्योति
न साधना सूक्ष्म घना छ मेरो
न पार तार्ने बहना छ मेरो
 
म भित्र को यो मन तिक्त तिक्त
छ साँच्चिकै जीवन रिक्त रिक्त
तसर्थ रित्तो भुस दिन्छु मित्र !
तीतो करेली रस दिन्छु मित्र !
 
हुँदैन पानी यदि कुण्ड भित्र
विवेक खानी यदि मुण्ड भित्र
रहन्न अस्तित्व यहाँ कुनै होस्
हुँदैन व्यक्तित्व यहाँ जुनै होस्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016