तेजिला सिर्जना हून्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

स्रष्टा ! तिम्रा , लेख ले लाश जागोस् !
केही गर्ने , देश मा आश जागोस् ।।
देऊ तेस्ता , कम्प छुट्ने विचार !
भत्कून् आफैं वज्रलेपी विकार !!
 
एस्तो आँधी , सिर्जना बाट ल्याऊ !
कालो मैलो , धूल सारा उडाऊ !!
पढ्दै जाँदा , भित्र लागोस् निशान !
जागोस् उम्लोस् , उच्च आत्माभिमान !!
 
तिम्रा एस्ता , सिर्जना हून् अचम्म !
छाती चिर्दै , ती पुगून् प्राण सम्म !!
हेर्दा हेर्दै , मूक वाचाल होओस् !
लाछी उम्ली , काल को भाल छोओस् ।।
 
धाँजा फाटोस् , रूढिको जीर्णता को !
पैह्रो जाओस् , सोच सङ्कीर्णता को !!
आगो लागोस् , कर्मकाण्डी कुरा मा !
ऊर्जा जागोस् , देश को पाखुरा मा !!
 
स्रष्टा ! तिम्रा , लेख ले चोट ल्याऊन् !
राँको बाल्ने , एक विस्फोट ल्याऊन् !!
विद्युत् जस्तै , चड्कियून् चेतना ले !
बाँचून् आफैं , पूर्ण हून् प्रेरणा ले !!
 
हेर्दा पढ्दा , नित्य लागून् विचित्र !
वर्षौं वर्षौं , ती गडून् चित्त भित्र !!
नौला लाग्ने , स्वादिला तिर्सना हून् !
तेस्ता तिम्रा , तेजिला सिर्जना हून् !!
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016