त्यो चाहिन्न
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

चाहिन्न त्यो बाहुन जो अशुद्ध छ
जो ज्ञान ले हीन तथा अबुद्ध छ
जो बाँच्न का लागि पुरेत बन्दछ
चाहिन्न त्यो जो मति देखि अन्ध छ
 
चाहिन्न त्यो क्षत्रिय जो डराउँछ
जो स्वार्थ मा डुब्छ उहीँ हराउँछ
गर्दैन सत् शासन देश निम्ति जो
चाहिन्न ऊ केवल जो कराउँछ
 
चाहिन्न तेस्तो कपटी सुधारक
जे देश कै हो बहु - वित्तहारक
मिथ्या कुरा गर्दछ चोक मा बसी
चाहिन्न तेस्तो जुन होस् विचारक
 
चाहिन्न नेता यदि देश भुट्दछ
जो खानका लागि सदैव जुट्दछ
गुन्डा भनी कुट्दछ देश भक्त ऊ
चाहिन्न त्यो जो प्रिय देश लुट्दछ
 
चाहिन्न त्यो शिक्षक जो गुलाम छ
मायाँलु जो छैन कडा फलाम छ
झोले बनी वर्षहरू गुजार्दछ
चाहिन्न जो जीवन देखि हार्दछ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016