त्यो वीर को हो चिनून्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

यौटा व्यक्ति थियोे अनन्त सपना , बोकेर हिँड्थ्यो यहाँ ।
सत्ता को परिवार को सुख सबै , छोडेर भिड्थ्यो यहाँ ।।
मोती झैँ असरल्ल राज्य छरिँदा , चिन्ता उसैले लियो ।
सारा राज्य उनेर एक गतिलो , माला बनाई दियो ।।१
 
त्यो कालो रजनी समान युग मा , ऊ स्वप्नद्रष्टा थियो ।
लड्थे आपस राज्य राज्य सब ती , ऊ देशस्रष्टा थियो ।।
आगो खेल्न रुचाउँथ्यो समर मा , मान्दैनथ्यो हार ऊ ।
पीडा जत्ति पचाउँथ्यो मुलुक को , बोक्थ्यो सधैं भार ऊ ।।२
 
त्यो बेला त्यति दिव्य चिन्तन दियो , नेपाल का खातिर ।
आँखा भव्य दियो र `दर्शन´ दियो , नेपाल का खातिर ।।
रैती का बिच,आत्मनिर्भर हुने , शिक्षा उसैले दियो ।
बैरी देखि सधैं सतर्क रहने , दीक्षा उसैले दियो ।।३
 
जे गर्दा धन बाहिरिन्न जन को , भित्रिन्छ मुद्रा अरू ।
देशै भित्र नयाँ नयाँ किसिम का , उद्योग खोल्नू बरु ।।
भन्थ्यो देश बचाउँथ्यो र बलियो , पार्थ्यो कुनै वीर ले ।
जो जल्थ्यो दिनरात शान्त नबनी , यो देश को पीर ले ।।४
 
साह्रै दु:ख गरेर आर्जित हुँदो , यो देश उद्यान हो ।
सारा जात र जाति फूल सरि हुन् , जो देश को शान हो ।।
एस्तो सोच लिने महापुरुष को , के जन्म होला यहाँ ।
नेता उत्तम पाउने मुलुक मा , सौभाग्य हाम्रो कहाँ ।।५
 
बस्ती अन्त लगेर;देश भर का , खानी चलाई लिनू ।
खेतीयोग्य जमीन व्यर्थ न रहोस् , बाली खुलाई दिनू ।।
जो छन् घूस लिनेे दिने मुलुक मा , ती देश का शत्रु हुन् ।
भन्दै चुस्त दुरुस्त शासन दिने , त्यो वीर को हो चिनून् ।।६

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016